‘१६ वर्षिया बालिका समिक्षालाई ज्युँदै जलाएर यसरी मारियो ’

प्रेम सुनार

बुटवल । उनि भर्खर १६ को उमेरमा पाईला टेकेकी किशोरी थिईन । कक्षा १० पढ्दै गरेकी उनकी आमा श्रीमानले अर्को विवाह गरे पछि सम्वन्ध विच्छेद गरेर हिडेकी थिईन । बावुले अर्को विवाह गरेकी श्रीमति पनि अहिले विदेशमा छन । हजुरबुवा हजुरआमा , फुपु र सौतेनी आमाको छोरा भाई घरमा रहे पनि त्यस परिवार भित्र उनको सम्वन्ध खासै राम्रो थिएन । यहि क्रममा असार ९ गते बिहान करिव ३ बजेको समयमा उनि घर मै जलेको अवस्थामा फेला पर्छिन । त्यस पछि बुटवल हुँदै विभिन्न अस्पतालमा पुराईन्छ । तर उनको बाँच्ने अवस्था नरहेकोले उनको असार २० गते मृत्यु भएको थियो ।

उनि थिईन रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर ५ , पिपरचाँपाकी १६ वर्षिषा किशोरी समिक्षा ठकुरी । उनलाई आफ्नै बावुले मट्टितेल छरेर जलाउँदै हत्या गरेको आरोप लागेको छ । असार १० गते बिहान करिव ३ बजेको समयमा शरिरमा आगो लागे पछि समिक्षालाई बुटवलको एक अस्पताल पछि पाल्पाको प्रभास अस्पताल र पछि किर्तिपुरको एक अस्पतालमा उपचारका लागि लगिएको थियो सोही क्रममा उनको असार २२ गते मृत्यु भएको थियो ।

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापा विरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएकी उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।

समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा-छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।

‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले अखबार न्युूजसँग भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् ।

तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।

आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्याएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् ।

‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्ने बुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टितेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रूपन्देही प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्न नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृत्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरर अनुसन्धान गरिरहेका छौं ।’

बुटवल ईलाका प्रहरी प्रमुख डिएसपी डिलबहादुर मल्लले घटनाबारे गम्भीर छानबिन भई रहेको र छिट्टै सत्य तथ्य बाहिर ल्याने बताए । उनले भने–‘ ति किशोरी र परिवार बिच सम्वन्ध शौहार्दपुर्ण नभएको पाईएको छ । उनको मृत्युबारे अनुसन्धान भई रहेको छ अब छिट्टै सार्वजनिक गरिने छ । ’
अखबारन्युज डटको सहयोगमा