दोश्रो ओएसनेपाल म्यूजिक अवार्डले गर्ने भयो १० पत्रकारलाई सम्मान !२४ गते नाचघरमा

नेपाली कला र पत्रकारिताको सम्मानको खातिर सम्पन्न हुन लागेको ओएस नेपाल म्यूजिक अवार्डको दोश्रो सस्करण सम्पन्न हुने भएको छ यही असार २४ गते सम्पन्न हुने ओएस नेपाल म्युजिक अवार्ड राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने आयोजक टिमले जानकारी दिएको छ। उक्त कार्यक्रममा विगत लामो समय देखि पत्रकारितामा लाग्ने १० जना पत्रकारलाई सम्मान गरिने भएको छ।२युवा पत्रकारलाई ओएस नेपाल युवा पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार दिने भएको छ भने ८ बरिष्ठ पत्रकारलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मान गरिने कार्यक्रम संयोजक बिबेक कार्कीले जानकारी दिनुभयो।उक्त पत्रकारिता सम्मानमा कान्तिपुर साप्ताहिकमा लामो समय देखि कार्यरत कृष्ण भट्टराई,लामो समय देखि रंगपत्रकारितामा लाग्दै आउनु भएका पत्रकार दिनेश सिटौला,लामो समय देखि लोक संचारकर्ममा लोक संचारकर्मीको भूमिका खेल्दै आउनु भएका संचारकर्मी तथा हाल रेडियो काठमाण्डौका स्टेसन म्यानेन्जर चन्द्रमणि गौतम ,हाल टिभी टुडेमा कार्यरत लोक संचारकर्मी रमेश बस्नेत,अनलाइन पत्रिका रातोपाटीमा लामो समय देखि काम गर्दै आउनु भएका पत्रकार कुबेर गिरी,नागरिक दैनिकमा कार्यरत पत्रकार सामिप्य तिमिल्सिना,रेडियो नेपालमा लामो समय देखि काम गर्दै आउनु भएका बरिष्ठ संचारकर्मी राम अविरल थापा,लामो समय देखि अनलाइन तथा छापा पत्रकारितामा लाग्दै आएकी हाल मिलाप मासिक पत्रिकामा कार्यरत पत्रकार गीता अधिकारी लगाएतका पत्रकारलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मान गरिने छ भने ओएस नेपाल युवा पत्रकारिता सम्मान तथा पुरस्कार हिमालयन टाइम्स दैनिकका पत्रकार तथा आर्टिष्ट खबरका संचालक गोपी कृष्ण चापागाई र अनलाइन पत्रिका रमाईलो छ का संचालक तथा चर्चित रंग पत्रकार उत्सब रसाइलीलाइ रु ५ हजार सहित प्रोत्साहन/सम्मान पुरस्कार प्रदान गरिने भएको छ।ओएस नेपालका अध्यक्ष केश बहादुर कार्कीले भन्नु भयो “पत्रकार देशको गहना हुन्।देशका गहना मानिने पत्रकारलाई सम्मान गर्नु हाम्रो दाहित्व हो।यही मूल उदेश्यको साथमा हामीले यो पटक पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हौ।आज हामीले सुरुवात गरेको छौ यसलाई निरन्तरता दिने हाम्रो दाहित्व हो”। ओएस नेपाल म्यूजिक अवार्डको सम्पूर्ण तयारी सकिएको छ।