एमाले–माओवादीको संयुक्त कार्यक्रममा किन भयो लफडा ? यस्तो छ वास्तविक कुरो (भिडियोे सहित)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाएको नेकपा स्थापना दिवसको कार्यक्रममको शुरुमै बबाल भएको थियो ।
राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा माक्र्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेका थिए । विरोध भएपछि व्यानरलाई हटाइएको थियो । लेनिन जयन्तीमा लेनिनेको फोटो नै नभएको भन्दै बिरोध गर्दै मुर्दावादको नारा समेत लगाईयो । माओवादी कार्यकर्ताले लेलिन दिवस अवसरमा गरेको कार्यक्रममा लेलिनको तस्बिर खोई ? भनी हो–हल्ला गरेपछि विवाद भएको थियो । त्यसपछि सुरक्षा व्यवस्था झन् कडा पारियो । लेनिनको तस्बिर कुर्सीमा राखेर कार्यक्रम गर्नका लागि कार्यकर्ता मञ्जुर बनाउने कोशिश भए पनि विवाद नरोकिने भयो । विवादको मुल जड लेलिनको तस्बिरमात्र नभएर माओवादी केन्द्रको नाम ‘माके’मात्र राखिनु भएको बुझीएको छ ।
एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले माओवादी खुशी बनाउनका लागि माक्र्स र लेलिनको तस्बिर कुर्सीमा राखेर माल्यार्पण गरेका थिए । कार्यक्रममा नयाँ व्यानर बनाएर ल्याउँदासम्म पर्खिने काम भएको थियो ।
कार्यक्रम हलमा टाँगिएको व्यानरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर सहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको तस्बिर राखिएको थियो । उक्त कार्यक्रममा भएको नाराबाजी र केपी प्रचण्डको भाषण हेर्नुहोस् ।