९ बर्षको लागि राजधानी छाड्दै अशोक दर्जी,यसरी बन्दै छन झापामा बसेर करोडपति(हेर्नुहोस)

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो पहिलो गीत रेकर्डिङ गराएका छन्। सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

उनको चर्चा आजभोली बजार भरी चुलिएको छ। उनी एकाएक चर्चामा आएका हुन् उनको आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियोका मार्फत। निम्न वर्ष परिवारमा हुर्किँदै गरेको दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धान्थे।

उनी भाइरल भएपछि थुप्रै मिडियाहरूले उनको अन्तर्वार्ता लिए र उनले ती अन्तर्वार्ताहरुमा आफ्नो प्रतिभापनि देखाएका थिए। पछिल्ला समय उर्लाबारीको फोकस टिभीको अन्तर्वार्तामा उनले आफ्नो प्रस्तुती दिएको थियो जुन युट्युबको ट्रेन्डिङमा समेत परेको थियो।

भर्खरै मात्र ती साना बालकलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको हो र उनी स्कुल पनि जान थालिसकेको छ। उनको स्कुलको पहिलो दिनमा सम्पूर्ण स्कुल परिवारले उनलाई राम्रो स्वागत गरेको थियो। हाल आएर दर्जीले आफ्नो जीवनको पहिलो गीत रेकर्डिङ गराएका छन्।

उनले आफ्नो पहिलो गीत नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका छन्। दर्जीको पहिलो गीत “मन बिनाको धन ठुलो कि धन बिना को मन” बोलको रहेको छ भने उनले काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा रेकर्डिङ्ग गराएका हुन्। भिडियो हेर्नुस्