कस्तो समाज ! छोरीको जात हो मर्न दे समेत भन्छन्– ब्लड क्यान्सर रोगी अंकिताको घरमा पुग्दा नरुने को होला ? (भिडियो)

पोखराबाट करिब २२० किलोमिटर टाढा भगवानपुर नामको बस्ती छ । त्यहा १२ बर्षीय अंकीता श्रीवास्तव बिगत ४ बर्ष देखी ‘ब्लड क्यान्सर’बाट पीडित भईरेकी छन् । आर्थिक अवस्था अत्यान्त कमजोर भएकाले उनको परिवारले सबै जग्गा र घर समेत बैंकमा राखेर अंकिताको उपचार गरिहेको छ । हामीहरु उनको घरमा पुग्दा अंकिताले भबिष्यमा डाक्टर बन्ने सपना रहेको र सहयोग गरेर आफूलाई बताउन आग्रह गर्दै थिईन् । नेपाल मै दुलर्भ उपचार हुने यस्तो रोग जस्लाई काठ्माण्डौं स्थित ग्रेण्डी अस्तालका डाक्टरले हेरिरेका छन् एकपटक रगत फेर्दा १६ हजार खर्च हुन्छ त्यही अनुपातमा मासिक करिब ३२ हजार अंकिताको उपचारमा खर्च हुँदै आएको उनका बुबा जयप्रकाश श्रीबास्तवले बताउनु भयो । उनीहरुको आर्थिक अवस्था अति न्यून छ । छर छिमकसंग आर्थिक सहयोग माग्दा कसैले दिदैनन् उल्टो जिस्काउँ छन्, अंकीताका बुबाले भने । सरकारी, ग्रैहसरकारी सबै निकायलाई उनीहरुले सहयोगको अपेक्षा गरे तर कसैले दिएनन् । घरमा सहयोग गर्ने भन्दा छोरीको जात हो मर्न दे भन्ने मानिसहरु आएको सुन्दा हामीलाई पनि अचम्म लाग्यो । अंकीताकी आमाले छोरी बाँच्ने आश नरहेको तर अहिले ठिक हुँदै आएको बताउनु भयो । उहाँले भए भरको जग्गा र गरगहना बैंकमा राखेर छोरीको उपचारमा खर्च गरेको समेत बताउनु भयो । कक्षा छ मा पढ्दै गरेकी अंकीता, हिड्डुल गछिन्, रमाईलो पनि गर्छिन तर कति बेला के हुन्छ थाहा नै हुदैन । जीवनमा डाक्टर बन्ने सपना बोकेकी अंकिता कक्षा ६ मा जम्मा तीन महिना मात्र बिद्यालय गएकी छन् । तपाई हाम्रो सानो सहयोगले एक चेलीको उपचारमा सहयोग हुन्छ भने आउनुहोस् सहयोगी हातहरु मिलेर अंकीताको उपचारमा सहयोग गरौं । उनलाई सहयोग गर्नको लागी जनता बैंक नेपालको लुम्बीनी शाखामा रहको खाता नंंं ०४७१०६०३८५७७००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
हेरौं अंकीताको परिवारसंग भगवानपुर रुपन्देहीमा पुगेर गरिएको कुराकानी ।