साउदीमा १८ जना युवाहरू बिचल्लीमा ! चेलीको इजराइलबाट कडा आवाज सहित दलाल संग टक्कर (भिडियो)

रोजगारीको शिलसिलामा प्रवासमा रहेर पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् शरिन ख्युङ्वा तामाङ, इजराइलमा बस्दै आउनु भएको समाज सेवी चेली को आवाज आज भोलि सामाजिक संजालमा एकदमै चर्किदै गएको देखिन्छ ! आजको लाइव भिडियोमा शरिनले १८ महिना देखि साउदीमा अलपत्र परेका नेपाली हरुको लागि आवाज उठाउदै जिम्मेवार म्यानपावर कम्पनि संग कुराकानी गर्नु भएको छ | हेरौ उहाको लाइव भिडियो र स्टाटस सहित !

समय अवधी सकेर पनि सात महिना काम गर्न लगाइएको आज ७ महिना भैसक्दा पनि कम्पनीले टिकट र पासपोर्ट नदिएको र अहिले बेरोजगार भै नेपाल बाट पैसा मगाउदै कस्टकर जिवन जिउन बाध्यता भएका ती युवाहरूलाई पठाउने मेनपावर Mashareq lnternational overseas p .ltd sinamangal 9 kathmandu nepal का मेनपावर व्यावसायि खेम गौतम जसको नम्बर (9851018169) यिनले पनि ब्यवास्ता गरेको अझ मैले भन्दा उल्टै धम्किको भाशा प्रयोग गरेको र साउदी राजदुतावासले ती पीडितहरुको खवर बुझ्न अहिलेसम्म कुनै पिउन धरी नपठाएको हुदा यो भिडियो मेरो सक्दो शेयर गरि सम्बन्धित ठाउसम्म पुर्याउन सहयोग गरिदिनुस ताकी १८ जना श्रमजीवी युवाहरूको उद्दार होस र खेम गौतम जस्ता दलाल ब्यबसायिहरुलाई सरकारले कारबाही गरून् |