होलिमा स्वदेशीले भन्दा विदेशी पर्यटकहरूले गरे झन् बढी रमाइलो हेर्नुस (भिडियो सहित )

Spread the love

विदेशी पर्यटकहरूले पनि रंगहरूको पर्व होली मनाइरहेका छन्।

विभिन्न मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरू पानी र रंगसँगै नेपालीहरू माझ झुमेका छन्। राजधानीको पर्यटक घुम्ने क्षेत्र ठमेल, बसन्तुपर ललितपुरको पाटन दरबार स्क्वायरमा पर्यटकहरूले होली मनाइरहेका छन्।

नेपालीहरूले जत्तिकै उनीहरूले रंग दलेर एक आपसमा खुसी साटासाट गरे। बसन्त ऋतुको आगमनको संकेतका रूपमा फागु पूर्णिमाको दिन होली पर्व मनाउने प्रचलन छ।

होलीमा एक अर्कालाई पानी र विभिन्न रंग दल्ने गरिन्छ।

https://youtu.be/xplJtUuGj3g