झमकबहादुर युनिटले दिनभर गर्यो भक्तजनलाई निशुल्क पानी वितरण

स्कट नेपाल/ काठमाडौँ – प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र झमक बहादुरले मंगलवार  महाशिवरात्रिको अबशर पारेर पशुपति क्षेत्रमा आएका श्रदालु भक्तजनहरुलाई निशुल्क पानी वितरण गरेको छ  ।

नेपाली फिल्म क्षेत्रमा फरक फरक काम गर्दै चर्चामा आउन थालेको झमकबहादुर युनिटले भिड भाड र निकै लामो लाइन बसेर आजीत बनेका भक्तजनलाई निशुल्क पानी वितरण गरेर सेवामुलक काममा समेत आफुलाई अब्बल देखाउन लागेको छ ।

दिनभरी पशुपति क्षेत्रमा आएका भक्तजनहरुलाई करिव ८० जार पानी बितरण गरीएको युनिटले जनाएको छ । पानी वितरण गर्न निर्माता मिन कुमार तामाङ निर्देशक भोमन कटुवाल सहायक निर्देशक अशोक थापा लगायत सो चलचित्रका सबैजसो कलाकार उपस्थित भएका थिए ।

झमक बहादुर आउदो जेष्ठ ११ गते देखि प्रदर्शनमा आउने छ चलचित्रमा नुप बिक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजाता थापा, मिन कुमार तामाङ, सन्त प्रसाद श्रेष्ठ लगायतको भूमिका रहेको छ ।

यस्तो छ झमकबहादुर युनिट हेर्नुहोस कुराकानी