धादिङका युवा मलेसियामा अलपत्र, सक्दो शेयर गरी नेपाल फिर्तीका लागि सहयोग गरौं

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ फूलखर्कका रेशमबहादुर घर्ती भुजेल मलेसियामा अलपत्र परेका छन् । उनि अलपत्र परेको अवस्थामा रहेको भिडियो सामाजिक सञ्जालमा छाएको हो । शारीरिक रुपमा अस्वस्थ भएपछि उनले काम छाडेका छन् । विभिन्न व्यक्तिहरुले फेसबुक वालमा पोस्ट गरेको भिडियोमा उनले स्पष्ट रुपमा साथ आफ्नो र परिवारबारे खुलाएका छन् ।

उनका अनुसार काठमाण्डौ धुम्बाराही स्थित कालिञ्चोक म्यानपावरबाट उनी मलेसिया पुगेका हुन् । पठाउने एजेण्ट खगेन्द्र हुन् भनेर बताएका छन् । मलेसियाको इमिग्रेसनले दिएको भिजिट पासमा उनी सेक्युरिजी अज्गानमा काम गर्ने उल्लेख छ । उनले परिवारको नाम प्रतिभा भुजेल भनेका छन् भने बुबा बोधबहादुर घर्ती, आमाको नाम मेघमाया भुजेल बताएका छन् । भाइको नाम कमल भुजेल र भाइ काठमाण्डौमै सानोतिनो काम गर्ने खुलाएका छन् । (नागरिक पाटिको सहयोगमा)