फेरी मौसम गुरुङको आयो अर्को उत्कृष्ट मौलिक सालैजो गीत (हेर्नुहोस)

चक्र साउद आर.सी.
काठमाडौं ।
चर्चित गायक मौसम गुरुङको सालैजो गीत “ङोलो ठागु” ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा बलियो पकड जमाउन सफल गायक मौसम गुरुङको यस गीत भन्दा पहिले आएका अधिकाश गीतहरु चर्चाका सिखरमा छन । तथापि उनको आवाजका धेरै गीतहरु चलेका छन् । त्यसैको निरन्तरता स्वरुप उनले फेरी अर्को गीत बजारमा पठाएका छन् ।

यस गीतमा चर्चित तथा राष्ट्रिय लोक गायक मौसम गुरुङको स्वर तथा संगीत रहेको छ भने साथमा गायीका बबिता गुरुङ समुधर स्वर रहेको छ । शब्द लेखन भने नरेस बोहोराले गरेका छन् । यस गीतको भिडियोमा कुशल गुरुङ (ठागु) र जुना गुरुङ तथा स्थानीय कलाकार अर्जुन गुरुङ, मिन गुरुङ(विन्दास), कुमार गुरुङ, बुद्धी गुरुङ, रुना गुरुङ, मनिका गुरुङ, विष्णु गुरुङ, त्रिष्ना गुरुङ अभिनय तथा नृत्य रहेको छ ।

कोरियोग्राफर याम गुरुङ रहेको उक्त्त गीतको निर्देशन भने रबिन गुरुङ र जनक गुरुङको रहेको छ भने भिडियो सम्पादन मेख थापा मगरले गरेका छन् ।

भिडियो जति उत्कृष्ट बनेको छ उतिकै उत्कृष्ट गायन र लय शब्द सुन्न सकिन्छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई।
भिडियो हेर्नुहोस :