भारत अझै पनि ब्रिटिशकै गुलाम भारतकै संबिधान अनुसार सन २०४६ पछि ब्रिटिशकै अधिनमा जाने (भिडियो)

Spread the love

–सुनिल श्रेष्ठ

भारतको स्वतन्त्रता ९९ बर्ष सम्मको लागि मात्र रहेको प्रमाण भेटीए पछि- – – –

“सन् १९४७मा स्वतन्त्र घोषित भारत वास्तामा अहिले सम्म स्वतन्त्र भएकै छैन भन्दा धेरैलाई अच्चम लाग्न सक्छ तर यो ध्रुब सत्य कुरा हो जसलाई आज सम्म सबैले लुकाएर राखेको छ । र, हालको दिनमा भारतमा यो सम्बन्धि बहस शुरु भएको छ | यो कुरा भारतको संबिधानमा समेत उलेख्ख छ । भारतीय संविधानको धारा १४७ र यो धारा संग सम्बन्धित उपधाराहरुले “”यदि ब्रिटिश संसदले कुनै पनि भारत संग सम्बधित कुनै पनि कानुन पास गरेमा त्यो ब्रिटिश कानुन भारतको सर्बोच्च अदालतको फैसला सो सरह हुने “” जनाएको छ । अर्को महत्वपूर्ण कुरा सोहि धारा एक उपधारा अनुसार यो स्वतन्त्रता ९९ बर्ष सम्मको लागि मात्र भनिएको छ ।

सोही धारा अन्तर्गत भारतको हरेक प्रधानमन्त्रिले आफ्नु सपथग्रहण गर्दा एउटा दस्ताबेजमा हस्ताक्षर गर्नु पर्छ जसमा लेखिएको हुन्छ कि ब्रिटिश संसद र ब्रिटिश राष्ट्रप्रमुख ( रानी )बाट भएको हरेक आदेश (निर्णय र कानुन ) मान्छु भनेर । “

यी सबै कुराहरुलाई शब्दजालमा हतपत नबुझ्ने गरि लेखिएको छ ।

यसको अर्थ हो यदि ब्रिटिशले भारतमा फेरी शासन गर्छु भनेर कुनै कानुन बनायो भन्ने हाल भारतको संबिधान अनुसार सर्बोच्च अदालतको फैसला सो सरह सम्झेर भारतले यसलाई पालना गर्नै पर्छ । स्वतन्त्र घोषित भारत वास्तामा अहिले सम्म स्वतन्त्र भएकै छैन ।

ब्रिटिश संसदले कुनै पनि नियम बनाए पनि भारतले मान्दैन किनकी अब विश्व राजनीतिमाभारतको अवस्था दह्रो छ । तर हाम्रो देशलाई सन् १९५० को सन्धि अन्तर्गत केहि सानातिना बुंदाहरुले उपनिवेश बनाउनु चाहन छ । हाम्रो नेपाली नेताहरुले नेपाल् भारत बीचको १९५० को सन्धी सांच्चिकै लागु हुने हो भने सुगौली सन्धिमा नेपालले गुमाएका भुभाग फिर्ता गर्नु पर्ने हुन्छ ।

किनकी भारतको संबिधान अनुसार स्वयम् भारत स्वतन्त्र छैन । हामो नेताहरुले पनि नेपाललाई पहिले अन्तरिकरुपमा विकास गर्दै दह्रो भएर उभिन्नु सकेको खण्डमा भारतले केहि गर्नु सक्दैन । जसरी संबिधानमा ब्यबस्था भए पनि अहिले ब्रिटिशले भारत माथि केहि गर्नु सक्दैन हामी दह्रो भएको खण्डमा भारतले हामीलाई केहि गर्नु सक्दैन । नेपालले आफ्नु कुरालाइ अन्तर्राष्ट्रिय मंचमा पुराउने हो भन्ने इतिहासको काल खण्डमा गुमेको हाम्रो भूभाग पनि पाउछौ तर बिडम्बना हाम्रो भएको भूभाग पनि हड्ब्दा पनि हामी चुपचाप हेरिरहेका छौ ।

आफ्नु संबिधान अनुसार अझै पनि बेलायत कै गुलाम रहेको भारतको गुलामीमा ब्यस्त छन् हाम्रो राजनैतिक नेतृत्व !

आधुनिक भारतको इतिहासमै सर्वाधिक चर्चित विश्लेषकमा गनिने स्व: राजिव दीक्षितले सप्रमाण यसको ब्याख्या गरेको भिडियो हेर्नुस

प्रकाशित मिति: २०७४ माघ १९ , शुक्रबार