केपी वलीलाइ कविता बाटै झटारो (भिडियो सहित)

जति सक्छौ केपी ओली तिमी भुक्दै गर,
अब जनता पर्ने छैन बामपन्थीको भर।
झुट्टा कुरा गरी गरी चुनाव जित्यौ तिम्ले,
बामेहरूको काम अब हेर्नु पर्छ हाम्ले।

बृद्ध भत्ता बढाउदा चाहि तिम्लाई सहि हुने,
६५ लाई भत्ता दिदा तिमी किन रूने।
राष्ट्रको ढुकुटीमा पैसा छैन भन्छौ,
आज तिमी जनता सामु किन सज्जन बन्छौ।

सरकारमा हुँदा पैसा कनिका सरी बाड्यौ,
झुट्टा कुरा गरी गरी सोझा जनता भाड्यौ।
काँग्रेसले राम्रो गर्दा किन रीस गर्छौ,
त्यहि रीसको डुबुल्कीमा तिमी आफै मर्छौ।

कहिले बोक्यौ प्रचण्डलाई कहिले माओबादी,
जसले जे जे भने पनि कम्युनिष्ट खाओबादी।
ढुकुटीमा पैसा छैन योजना बुन्छौ ठुलो,
जहाँ लगे पनि जान्छ पानी नभा कुलो।

तिम्रो सरकार बन्यौ भने देश कंकाल बन्छ,
दातृ राष्ट्रहरूले नी सहयोग दिन्न भन्छ।
पैसा आउने ठाउँ छैन आज देश भित्र,
रेमिट्यान्सले धानेको छ हो की होईन मित्र।