के रहेछ यस्तो : युट्युबमा १ करोड पटक हेरियो ‘कान्छी’को ‘चरी चट्ट’ भिडियो सहित !

पछिल्लो समय नेपाली चलचित्रका गीतले पनि भारतीय म्युजिक बजारको जस्तै चर्चा बटुल्न थालेका छन्। फागुन ४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘कान्छी’को गीत भने युट्युबमा निकै हिट भएको छ ।

लोकलयमा आधारित चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत १ करोड भन्दा बढी पटक हेरिएको छ । चलचित्र रिलिज अगावै गीतसंगीतले यस्तो लोभलाग्दो सफलता कमै मात्र पाउँछन् ।

राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । यो गीतमा चलचित्रका मुख्यकलाकार दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रको गीत हिट भएपछि नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले, चलचित्रको गीतका कारण पनि व्यापारमा फरक पर्ने बताइन् । यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

यसअघि छक्कापन्जा आदी चलचित्रका गीतहरु पनि युट्युबमा निकै हिट भएका थिए । केही समय अगाडिसम्म लोकगीतले मात्र बढी चर्चा पाउने नेपाली युट्युब च्यानलहरु अहिले चलचित्रका गीतले बढी चल्ने गरेको देखिएको छ ।

यो मेरो कसम हो मैले अर्को विहे गर्दिन… मार्मिक भिडियो : Sweta Khadka