किन हुन्छ महिनावारी गडबडी, कसरी जोगिने ? यस्ता छन् उपायहरु

सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ।

महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ।
विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।

आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ।

पोलिसिस्टिक प्रकृतिक समस्या हो । तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले गर्दा हो ।

महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्छन्।

यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ( फाइब्रोइड÷पोलिप), पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।

तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ ।

चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुप-यो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।

गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो समस्या आउन सक्छ । तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ।

सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।

कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ । त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।

कसरी बच्ने ?
– महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
– नियमित चेकजाच गराउनुपर्छ ।
– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
– नियमित व्यायम गर्नुपर्छ ।
– शरीरलाई मोटो हुन दिनु हुँदैन ।
– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन ।