ऐतिहासिक चन्द्र ग्रहण लाग्दै, यसरी हेर्नुहोस् फूल मुन र ब्लु मुन (भिडियो)

चन्द्रग्रहण हुनु सामान्य खगोलिय घटना हो । तर,खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलिय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । धार्मिक मान्यताअनुसार चन्द्रग्रहण लागेको समयलाई राम्रो मानिँदैन । त्यसैले भन्ने गरिन्छ पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन, नांगो आँखाले हेर्नु हुँदैन । त्यतिमात्रै होइन हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ । तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता दुर्लभ खगोलिय घटनालाई हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् ।ग्रेगोरियन पात्रो अनुसार एउटा महिनामा दुईवटा पूर्णिमा परे दोस्रो पूर्णिमालाई ब्लु-मुन भनिन्छ । नेपाली समयअनुसार गत जनवरी २ तारिखमा पूर्णिमा परेको थियो भने जनवरीको अन्तिम दिन आज पनि पूर्णिमा परेको छ । अतः विशेषगरी विद्यार्थी तथा शिक्षकहरुले आजको ग्रहणलाई कक्षा कोठामा ग्रहण सम्बन्धि हुने पढाईको प्रयोगात्मक परीक्षाको रुपमा लिन सक्नेछन् । थप भिडियोबाट हेर्नुहोस्
[youtube https://www.youtube.com/watch?v=JXYicU8odII&w=640&h=360]