वेलायतमा खुल्यो ग्लोबल आईएमई बैंकको कार्यालय

बलराम मैनाली, लन्डन,

ग्लोबल आईएमई बैंकले वेलायतमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ। लन्डनदेखि एक घन्टाको दूरीमा रहेको अल्डरसटमा स्थापना गरिएको बैंक कार्यालय आईतबार साँझ उद्घाटन भएको छ।
नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले रिबन काटेर बैंक कार्यालयको उद्घाटन गरेका हुन्।उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्र ढकाल, वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर क्षेत्री,सीइओ जनक शर्मा , स्थानीय काउन्सिलर मेयर सहभागी थिए। यसैगरी गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, सल्लाहकार हेमराज शर्मा उद्घाटन समारोहमा सहभागी भएका थिए।
ग्लोबल आईएमई बैंकले निकट भविष्यमा यो प्रतिनिधि कार्यालयबाट कारोबार गर्ने लक्ष लिएको अध्यक्ष ढकालले जानकारी दिए। बैंकले यसअघि अष्ट्रेलियामा कार्यालय स्थापना गरेको थियो।
ग्लोबल आईएमइर्ए बैंक नेपालको क वर्गको वाणिज्य बैंक हो