देश बेच्ने राष्ट्रघाती-भ्रष्टाचारीहरुलाई सजाय दिनको सट्टा विजय गराउने भेडो नेपालीहरुप्रति

–निर्मल गुरुङ

एक दिन भेडो भन्ने शब्दको अर्थ खोज्दै भेडा पाल्ने गाऊ तिर गएको थिए। मेरो गाऊ भन्दा पर अर्को गाऊमा हुलका हुल भेडाहरु चौर भरि चरिरहेका थिए। छेऊमा गोठालो दाई भाका हाल्दै गीत गाउदै र सबै भेडाहरुलाई निगारानी गर्दै थियो। छड्के टोपी र फाटेको लुगामा चुंडिएको चप्पलको फिता बनाउदै सयौ भेडा भेडीको हुलमा जिन्दगीको यात्राहरु अगाडी बढाउन कोशिस गर्दै थियो। भेडो शब्दको अर्थ खाज्दै हिडेको मान्छे जिवन, जिन्दगी र खुसिको परिभाषा बुझ्नलाई छेऊमा उभिएर निकै बेर सम्म टोलाएर हेरी रहे उनलाई।

एउटा भेडा भीरबाट लड्यो भने अरु पनि संगै लड्छन रे ! त्यसैले भेडो भन्ने शब्दको जन्म भएको भन्ने सुनेको थिए। मलाई यो कुराको रहस्य बुझ्नुलाई धेरै पहिले देखि उत्सुक्त जागेको थियो र अब यो अर्थ प्रत्यक्ष देख्न र बुझ्नुको निमित्त म धेरै नजिक आई सकेको थिए। बथानमा एउटा भेडालाई लडाई दिऊ अनि हेरु अरु भेडाहरु के गर्छन भन्ने लाग्यो।मैले गोठालो दाईलाई एउटा भेडा लडाउनको लागि अनुरोध गरे।

अन्तत: योजनानुसार जब एउटा भेडालाई भीरमा गुल्टाई दियो, करिब १०० फिट तल पुग्यो तब अरु कुनै पनि भेडाहरु त्यसैको साथमा गुल्टेनन। हेरि रह्यो मात्रै। यता उता दौडी रह्यो मात्रै। सायद यो २१औं शतब्दीमा पशु पंछीहरुमा पनि चेतना आएको हुन सक्छ। भावनामा डुबेर कराउनु, यता उता दौडिनु, आत्तिनु र रुनु सामन्य नै हो। यस भन्दा बाहेक केहि हुन सक्दैन र कुनै पनि प्रतिकृया दिएनन। समग्रमा भेडो भन्ने शब्दको अर्थ पशुहरुमा पनि पाइन मैले। म अझै पनि अनुत्तरित प्रश्न लिएर भौतरिदै हिडी रहे। दौडी रहे तर मेरो जिज्ञासा अझै सकिएको थिएन।

पचासौं किमी. हिडेर म फेरि आफ्नै गाऊँ फर्किए। घर फर्किए पछि पनि फेरी यसै बिषयमा सोच्न थाले किन की म जवाफ विहीन भएको थिए। अनुत्तरित थिए। भेडाको बथानबाट कुनै अर्थ हात नलागे पछि अन्तत: म संसार कै सबै भन्दा विवेकशिल मानव समाज तिर फर्केर हेर्ने कोशिस गरे।

-दिपक मनाङे लाई जिताउने, रविन्द्र मिश्रलाई हराउने विवेकशील नेपालीहरुको बारेमा सोच्न थाले।
-४/४ चोटि यो देशको प्रधानमन्त्री बन्दा समेत केहि गर्न नसक्ने शेरबहादुर देउवालाई अझै पनि मत दिने जनताको बारेमा सोच्न थाले।

-पत्रकारिता कै माध्यमबाट केहि गर्न सकिन्छ भन्दै मुलुकको सु:सासन, विकास र परिवर्तनको लागि मरि मेट्ने रवि लामिछाने विरुद्दा औंला उठाउन साहस गर्ने मुकुन्दे र दिल निशानी मगर जस्ता कलंकितहरु प्रति सोच्न थाले।
-उज्यालो नेपालको प्रतिक कुलमान घिसिङ जस्तो युग पुरुषलाई बाटो छेक्न खोज्ने हनुमानहरु, लोकमान सिंह कार्की चुडामणी शर्मा र यिनीहरु जस्तो अर्बौको भ्रष्ट्रचार गर्ने भ्रष्टचारीहरुलाई सामान्य धरौटी रकम लिई जमानतमा छाड्ने सरकार र प्रशासनलाई हेरेर सोच्न थाले।

-पोल्ट्री फारमबाट रोगले मरेका कुखुरा उठाएर ल्याएका दुई चोक्टा मासु र रक्सि खाएर आफ्नो अमुल्य भोट दिने जनता जनार्धनलाई देखेर सोच्न थाले।
-अरु त अरु एक पटक पोइला गई सकेका श्रीमतीलाई बाजा_गाजा, अबिर र फुलमाला गरि पुन: भित्राउने जोइटिङ्ग्रे जस्तो गठबन्धनका दुलहा दुलहीलाई देखेर सोच्न थाले।

-आफु सिटामोल र जिवन जल नपाएर मर्न तयार हुने र नालायक नेता र सांसद मन्त्रीलाई उपचारको निमित्त करोडौ खर्च गरि विदेश पठाउने बेवाकुफ जनतालाई देखेर सोच्न थाले।
-६०१ एक जना हनुमान पाल्न धौ धौ भएको मुलुकमा ८८४ जना लंगुर बाँदरहरु पाल्न तयार हुने जनतालाई देखेर सोच्न थाले।
-जनताको नुन खाएर जनतालाई दुख दिने सरकारी कर्मचारी, प्रहारी र सेनालाई देखेर सोच्न थाले।

-राष्ट्रकै सिमा र धर्मको अतिक्रमण गरिरहदा पनि मुकदर्शक बनेर हेरि रहने कुपुत्रहरुलाई देखेर सोच्न थाले।
-कोशी, गण्डकी, महाकाली, र टनकपुर बेच्ने कपुतलाई भोट दिएर जिताउने जनता जनार्द्रनलाई देखेर सोच्न थाले।
-गल्ति गर्नेले त गरि हाल्यो तर गल्ति गर्नेलाई सजायं दिनुको बदलामा फुलमाला, अबिर र बाजागाजा सहित डुलाउने जनतालाई देखेर सोच्न थाले।
-कुनै बेला ५७ करोड ६० लाख दिएर बेलायत जस्तो राष्ट्रलाई सहयोग गर्ने तर आज माग्ने बनाउने राजनेताका दरिन्द्रा प्रजाहरुलाई देखेर सोच्न थाले आदि इत्यादी।

अन्तत: अब भेडो शब्दको धेरै नजिक पुगि सकेको महसुस भएको थिए जसरी भगवान बुद्धलाई ज्ञान प्राप्त भएको थियो। जिवनमा के गर्न हुन्छ के गर्न हुंदैन भन्ने कुरालाई एक छिन थाति राखुं। आजको २१औं शताब्दीमा संसार मंगल ग्रहमा बस्ति बसाल्ने आँट गरि सके, चन्द्र देवता मानेर पुज्ने चन्द्रमामा पाइला राखि सके, आकस छुने गगनचुम्बी भवन र समुन्द्र मुनि शहर बनाई सके। पुरै संसार विज्ञान, विकास र परिवर्तन भन्ने कुरामा अन्तिम बिन्दुमा पुग्दै गर्दा म र मेरो देशका जनता अझै पनि त्यहि ठाऊंमा अल्मलि रहेका छन जहाँ कुनै समय एउटा भेडाले साथीको लागि बिना कारण प्राण त्याग्ने गर्थे। आज पुरै परिवर्तन भै सक्यो भेडा तर भेडा भन्दा पनि थोरै परिवर्तन हुन सकेको छैन।

उदाहरणको निमित्त, सधै सिंगापुर र स्विटजरलैण्डको सपना बाँड्ने यो देशमा बुटवल-काठमाण्डौको जम्मा २५० किमी. यात्रा न्युनत्तम १२/ १४ घण्टाको सास्तीपुर्ण संघर्ष पछि मात्रै टुंगिन्छ भने । कृषिप्रधान देशले चिनिने यो देश बर्षेनी अर्बौ_खर्बौ रुपियाँको अन्न आयात गर्नु पर्छ भने । जल स्रोतको दोस्रो ठुलो धनि देशमा खानेपानी र विधुतको सधै समस्य रहन्छ भने। जैविक विविधताले सम्पन्न यो देशमा सिटामोल सम्म पनि विदेसिको भर पर्नु पर्दछ भने भेडो हामी नै हौ। जहिलेसम्म हामी भेडाबाट मानब बन्न सक्दैनौ र भेडामा जस्तै न्युनतम परिवर्तन हामीमा हुंदैन तब सम्म मुलुकको शैक्षिक, राजनैतिक र आर्थिक परिवर्तन कहिल्यै सम्भव छैन।

यसर्थ समय मै परिवर्तन हुनु अति जरुरी छ। हिजो चप्पल लगाएर भोट माग्न आउने हनुमाने नेताहरु चुनाव पछि कसरी सुविधा सम्पन्न बंगलामा बस्ने र टाई सुट पहिरिएर करोडौको गाडीमा हिड्ने भएको छ भन्ने बुझ्न जरुरी छ। केहि हजार रुपियांको तलब खाने सरकारी कर्मचारीको तमक झमकपुर्ण हैसियतलाई बुझ्नु जरुरी छ र न्यायको कठघरामा उभ्याउन अति जरुरी छ अनि मात्रै सु सम्पन्न नेपालको परिकल्पना सम्भव छ। इतिश्री: (पानाखबर)

प्रकाशित मिति: २०७४ माघ ६ , शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.