यो हो संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक पनि कमिला जस्तो देखिने (भिडियो)

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ । यो भिमकाय क्यामेराको अगाडि ट्रक, क्रेनहरु त कमिलाभन्दा पनि साना देखिन्छन् । यो क्यामेरा विश्वकै सबैभन्दा ठूलो विशेष टेलिस्कोप मानिएको छ । जसले अन्तरिक्षमा पनि दूर दराजको तस्बिर खिच्ने क्षमता राख्छ ।

सन् २०१५ वाट यो क्यामेराको निर्माण थालिएको हो । सन् २०२२ मा यो पूर्ण रुपले निर्माण भइसक्नेछ । यसको सबैभन्दा अचम्मलाग्दो त रिजोल्यूशन छ । यस क्यामेरामा ३ दशमलव २ गिगा पिक्सलले अर्थात ३२ सय मेगा पिक्सलको लेन्स रहेको छ । यसले कैद गरेको फोटो हेर्नका लागि १५ सय हाइ डेफिनेशनको स्क्रिन चाहिन्छ ।

क्रिटिकल डिसिजन ३ नामक यो क्यामेराले टेलिस्कोप अन्तरिक्षको केहि र ग्यालेक्सी र नयाँ ग्रहको खोजमा मद्दत गर्नेछ ।

[youtube https://www.youtube.com/watch?v=1i7DyGRtsI0&w=640&h=360]