चेलीको आवाज : ३ करोड नेपालीहरुको लागि, मोदी र मुकुन्देलाई कडा चेतावनी, रवि दाजु प्रति नमन (भिडियो सहित)

भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।नेपालतर्फ सर्भे विभागकै टोली र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी)ले निर्माणको जिम्मा पाएको छ । एसएसबीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१ छपकैयामा सहायक स्तम्भ नेपालतिर सारेर नेपाली भूमि मिचेको स्थानीयले गुनासो गरेका छन् । छपकैया क्षेत्रमा १२ जनाभन्दा बढी स्थानीयको नम्बरीसहित झन्डै ५० बिघा जमिन मिचिएको स्थानीयको दाबी छ । यसै बिषयमा यो घटनाको पर्दाफाश गर्न रबी लामिछाने बिरगंज गएका थिए ।एक चेलीले ३ करोड नेपालीले बुज्नै पर्ने बिसयमा बोलेकी छिन् कृपया भिडियो हेरेर सम्पूर्ण नेपालीलाई जनचेतनाका लागि सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:

देशको सीमा मिचियो,सिधाकुरा बिरगंज सीमाबाट लाइभ – SIDHA KURA JANATA SANGA