अन्तरबार्तामै रोइन चर्चित गित ‘गाउ शहरमा लमजुङ दरबार’की गायिका माया गुरुङ(भिडियो सहित)

‘गाउँ शहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भई सक्यो मेरो घरबार’ यो गित कुनै बेलाको चर्चित गित हो.यो गित त्यो बेलामा गाउमा घास, दाउरा अनि मेला पातमा सबैले गुनगुनाउने गित थियो. आज पनि यो गित सुन्ने धेरैलाई आफ्नो बालापन अनि ब्यस्क अवस्था र गितका भाकासंगै मायाका सम्झना ताजा बनिदिन्छ.

उनै गितकी गायिका माया गुरुङको भने अर्की जीवन भोगाइ छ.गित गाउदै हिड्नेक्रममा प्रेम बस्यो र अन्तरजातीय प्रेम बिबाह भयो.तर यो अन्तरजातीय प्रेम बिबाहका कारण उनले जीवनको लामो समय पिडा र दुख भोग्नु पर्यो.यतिसम्म नागरिकताकै कारण उनले आफुले प्रेम गरेर आफ्नो श्रीमानलाई अर्कै बिबाहको पनि अनुमति दिनु पर्ने भयो.

कुनै बेलाको चर्चित गितकी सर्जक माया गुरुङ भन्छिन् म मर्नु अगाडी एउटा एकल साँझ गर्ने ठुलो सपना छ उनि भन्छिन् मैले केही नया पुराना गितहरु सृजना गरेको छु यी गित म मर्दा लीएर जान मन छैन. उनले कुराकानीकै क्रममा आफुले आर्थिकरुपम कार्यकम गर्ने नसक्ने यसकारण कुनै सस्थाले अथवा कुनै व्यक्तिले व्यवस्थापन गरीदिन पनि सार्वजनिक अपिल गरेकी छिन्

हेर्नुहोस उनले गित,जीवन भोगाई,अनि प्रेम कहानी