भारतीय यौन बजारमा नेपाली युवतीहरुको खुल्लेआम प्रचार, नेपाली दूतावासले लियो एक्शन

काठमाडौँ । भारतमा नेपाली युवतीहरुलाई खुल्लेआम वेश्यावृत्तिमा लगाउने गरेको भेटिएको छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित बिभिन्न शहरमा नेपाली युवतीहरुलाई वेश्यावृत्तिमा लगाउने गिरोह नै रहेको भेटिएको छ । यो गिरोहले २० बर्षदेखि ६० बर्षसम्मका नेपाली युवती र महिलालाई यौनधन्दामा लगाउने भेटिएको छ । विज्ञापनमा उल्लेख गरिए अनुसार नेपालीका साथै बंगलादेशी युवतीलाई पनि यो गिरोहले धन्दामा लगाउने गरेको छ । युवतीहरुलाई ग्राहकको इच्छा अनुसार उनीहरुले चाहेकै ठाउँमा पठाउने गरिएको, बर्षमा २ लाख भन्दा बढी ग्राहकलाई सेवा दिने गरेको जस्ता कुरा विज्ञापनमा उल्लेख छ ।

नेपाली युवतीहरु उपलब्ध गराउने भन्दै विज्ञापन नै प्रकाशित गरिएपछि दिल्लीस्थित नेपाली दूतावासले यो विषयमा एक्शन लिएको छ । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरी ओडरीले नेपाली युवतीहरुलाई वेश्वावृत्तिमा लगाइएको विषयलाई गम्भीरतापूर्वक उठाउँदै कारबाहीका लागि दिल्ली प्रहरीको ध्यानाकर्षण गराइएको बताएका छन् ।

भारतमा नेपाली महिलामाथि हुने गरेको ज्यादती यो पहिलोपटक होइन् । सोझासाझा चेलीहरुलाई ललाइफकाई नेपालबाट भारतमा पुर्याएर यस्ता धन्दामा लगाउने गरिएको छ ।

हेर्नुस् यौन दलालहरुको विज्ञापन: