श्रीमानको कुटाईपछि कलाकार निरु खड्काले यस्तो भनिन !

श्रीमानको कुटाईपछि कलाकार निरु खड्काको प्रतिकृया – आवेगमा आएर गल्ती गर्नु भो

काठमाडौ – हास्य कलाकार निरु खड्काले श्रीमानले कुटेको स्विकार गरेकी छन् । नारी खबरसंग कुरा गर्दै उनले कुटपिट भएको स्विकार गरेपनि दुवैजना संयमित हुन नसकेको बताईन । ‘उहाँ पनि आवेशमा आएर गल्ती गर्नुभो’ उनले नारीखबरसंग भनिन् ‘मैले पनि फेसबुकमा स्टाटस लेख्नु हुँदैनथ्यो ।’

टेलिश्रृङ्खला मेरीबास्सैमा निर्मली र ठ्यासकुमारीको नामबाट परीचित खड्काले बुधबार फेसबुकमा स्टाटस राख्दै परीवारले अभिनय छोड्न दवाव दिएको कुरा खुलासा गरेकी थिईन । त्यसमा उनले लेखेकी थिईन – ‘मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,अब म के गरु डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।’

बिहीबार भने उनले आफ्नो अघिल्लो दिनको स्टाटस हटाएर फेरी बिद्रोह गर्ने चेतावनीको स्टाटस राखेपछि धेरैले घरझगडा भएको अड्कल काटेका थिए । उनले बिहीबार दिउँसो सवा ३ बजे लेखेकी थिईन ‘जब सहने सक्ने सहास सकिन्छ तब मानिस बिद्रोह गर्छ, स्वाभिमान का लागि ।’

ब्राम्हण परीवारका नरोत्तम गौतमसंग ०६७ फागुन २३ गते प्रेम बिबाह गरेका उनीहरुबिच यसरी झगडा हुने र डिभोर्सको चरणसम्म पुग्ने गरेको यो पहिलो घटना भने होईन । अभिनय नगर्न परीवारको दवाव आउने गरेको कारण झगडाले उग्र रुप लिने गरेको उनी निकटका कलाकारहरु बताउँछन् ।

श्रीमानले सासु र आफ्नो बिचमा समझदारी कायम गर्न नसक्दा डिभोर्सको अवस्था सम्म पुगेको उनले यसअघि विभीन्न मिडियामा पनि सार्वजनिक गरेकी थिईन् । ‘हामी पूर्वका मानिस र काठमाडौंतिरको संस्कारमा थुप्रै अन्तर रहेछ । दुईतिरको वैवाहिक संस्कारबीच तालमेल नमिल्दा छोरीलाई बिहेपछि निकै गाह्रो पर्दो रहेछ’ उनले भनिन् – ‘ त्यसमाथि छरछिमेकले पनि कलाक्षेत्रलाई नबुझेर होला, आमालाई अनेकौँ ताल लगाइदिँदा रहेछन् ।’

कला क्षेत्रमा एक–दुई जनाले गरेको बदमासीका कारण अाफूहरुलार्इ पनि समस्या भएकाे बतार्इ । ‘सबै कुरामा मेरो मात्रै दोष देखाइदिँदा ठाकठुक पर्न थालिहाल्थ्यो’ उनले केही समय पहिला सौर्य देैनिकसंग कुराकानीमा भनेकी थिईन् – ‘रिस उठेपछि म सामान फुटाउन थाल्थेँ, एक दिन त दराजको सिसै झर्‍यामझुरुम भो ।

यसपटक श्रीमानले कुटेपनि मिडियामा आएजस्तो भने नभएको उनको भनाई छ । ‘झगडा चाहिँ हो तर अनलाईनहरुमा आएजस्तो भने होईन ।’ उनले भनिन् । तर अहिले आफू परीवारको साथमा रहेको उनको भनाई छ । ‘हिँजो भाईसँग थिएँ, आज परीवारमै छु ।’ उनले भनिन् ।

उनले आफू बिरामी अवस्थामा भएकोले फेसबुकको स्टाटस हटाउन नसकेको बताईन । तर बिरामीको कारण भनेन खुलाईनन् । १४ वर्षको उमेरमै आमा गुमाएकी उनले गुरुहरुको प्रेरणाले अध्ययन गरेकी थिईन् ।

पत्रकारीता विषय अध्ययन गरेकी उनी शुरुमा पत्रकारको रुपमा काम गरेपनि पछि कलाकारीता क्षेत्रमा लागेकी थिईन् । ‘नेपाल टेलिभिजनको ‘हाम्रो काठमाडौं’ नामक कार्यक्रममा रिपोर्टरका रूपमा काम गर्न थालेँ’ उनले भनेकी छन् ‘तर, पत्रकारिता पनि सोचेजस्तो लागेन, लागेँ कलाकारितातिरै ।’ त्यही समयमा गौतम र उनको प्रेम सम्बन्ध शुरु भएको थियो । (नारीखबर बाट साभार)