राष्ट्रिय जनावर हुँदैमा मासु खान नहुने भन्ने के छ ! राजा छोडेर गाई किन रोजे प्रचण्डले ?

आङकाजी शेर्पा -नेता ,संघीय समाजबादी फोरम

पहिचानवादी नेता आङकाजी शेर्पाको नाम अहिले पनि विभिन्न विषयमा विवादास्पद बन्छ । यतिसम्म कि, फेसवुकमा लेखेको स्टाटसकै कारण प्रहरीले उनलाई पक्राउ गरी १७ दिन कारागारमा राख्यो । पहिलो संविधानसभा बिघटनपछि उनी लगायत थुप्रै आदिवासी जनजाति नेताहरु आन्दोलित भए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायत मुद्धा उनीहरुको मूख्य माग हो । त्यसो त, हिन्दुराज्यको विरोध र जातीय तथा भाषिक पहिचानबारे शेर्पा खरो रुपमा प्रस्तुत भए । पछिल्लो समय भने आङकाजी केही लचिलो देखिएका छन् ।

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रुपमा स्वीकार नगरे पनि उनले भने झैँ ‘चारजात छत्तिस जातको फूलबारी’ को संरक्षण गर्नुपर्ने उनको तर्क छ । बौद्धस्थित शेर्पाकै निवासमा उनले धर्मनिरपेक्षता, संघीयताको औचित्य, भाषिक पहिचान लगायत विषयमा आफ्ना बिचार व्यक्त गरेका छन् । नेपालआजबाट