काठमाडौंमा IELTS को प्रश्नपत्र लाखौंमा विक्री, कलेज सञ्चालकसहित १३ जना पक्राउ

काठमाडौं ।

काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा लाखौं लिएर प्रश्नपत्र किनबेच हुने गरेको खुलासा भएको छ ।

प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ प्रहरीले भनेको छ ।

लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै घटनाबारे आइतबार विस्तृत जनकारी गराइने जनाएको छ । (इमान्दार मिडिया बाट)