कसैकसैले “घडीवाला” म्यासेजको बिरोध गर्नु भो !!

ज्वाला संग्रौला,
कसैकसैले “घडीवाला” म्यासेजको बिरोध गर्नु भो। मैले चैं त्यो घडीको सुईले मेटेका अक्षरहरु र फेरि लेखेका अक्षरहरुबाट प्रेरणा नै पाएँ। मलाई साथी सम्झिएर शुभकामना सँगै दामी घडी पठाउनु हुने सम्पूर्ण सामाजिक सन्जालमा मसँग जोडिनु भएका मित्रहरुलाई धेरै धन्यबाद। मलाई झर्को लागेको छैन। किनकी भलै मलाई हजारौंले त्यहि घडी पठाउनु भो, तर घडी पठाउने हजारौंमा तपाईँहरु हरेक मेरालागि बिशेष र ‘एक’ हो ।म त्यतिसारो मानवताको भर्याङबाट चिप्लेर लडिसकेको छैन कि सकारात्मक शुभकामना पनि मेरा लागि बोझ बनुन्। “रेडिमेड” हुन् या “सेल्फमेड” हुन् ,मलाई शुभकामनाहरु सँधै मीठा लाग्छन्। मलाई माया गर्नुहुने, मलाई घृणा गर्नुहुने , मलाई धेरै बाँचोस् भन्ने, मलाई अहिले नै मरिजाअोस् भन्ने सबै मित्र, मान्यवर , दौंतरी, अग्रज र भाईबहिनीहरुलाई मेरो तर्फबाट नयाँ सालको एकमुस्ट शुभकामना। यहाँहरुको फलिफाप होस्..! ?
जस्ले मलाई जस्तो देखेपनि आज यो बर्षको अन्तिम दिनको अघिल्लो दिन जिन्दगीको कर्मक्षेत्रमा आफैंसँग लड्दै र सँघर्ष गर्दै जितेका केहि उपलब्धीहरुको आफैंले सम्मान गरेर शिरमा “ताज” पो लाइयो हैट ?!
#RespectEveryone_RespectYourself