गाउँको झुपडीमा जन्मेको म त्यहि गाउँ सँग अजम्बरी नाता गासेको मान्छे म !

( प्रदेशिको ब्याथा )
गाउँको झुपडीमा जन्मेको म त्यहि गाउँ सँग अजम्बरी नाता गासेको मान्छे म , अाज हजारौं सपनाहरुले डोर्‍याएर कहाँ ल्याइ दियो म यति धेरै माया गर्छु मेरो झुपडी लाई तरपनि हरेक सुख दुख बाड्न नसक्दा भित्री मन रुन्छ । गाउबाट नजिकै रहेको स्कुलमा पढ्दै S.l.c पास गरे अब क्याम्पस पढ्छु भनि झोला बोकेर शहर जान लागेको घर वरिपरिको चराचुरुङ्गी पनि दुखि भएको अाभाष गरे हेर्दा हेर्दै घर अगाडि बगैंचाको फुलहरु पनि वइलिएको देखे यति धेरै माया यति धेरै प्रेम यि प्राकृतिक बस्तुहरु मा पनि म अचम्म परे मनमा हजारौं कुरा खेलिरहे घर बाट निस्केर एक पाइला अगाडि सार्न मात्र के खोजेको थिए । अामाको अाखामा अाशु र बाबाको कठोर मन पनि पग्लिए झै लाग्यो ति नाबालक भाइ बहिनि टुलुटुलु हेरि रहेको थियो । मनलाई भारि बनाउदै बिदा मागे । पढ्न भनि घरबाट निस्केको म शहर झरेर क्याम्पस त भर्ना भए तरपनि पढन् भन्दापनि अनेकौं सपनाहरु देख्न थाले । बल्लतल्ल २ बर्षको क्याम्पस पढाई सकेर यानकि कक्षा बाह्र को परिक्षा दिएर अब नपढ्ने निर्णय तय गरे । पढ्न मन त थियो तर यताकता मेरो सपना पुरा हुन्नकि भन्ने डरले बिदेशिने मनसाय बोकेर घरतर्फ लागे । केहि दिनको घरपरिवार सँग रमाइलो गर्दै बिदेशिने तयारी गर्न थाले । सबैले भन्थे अब ठुलो हवाईजहाज चढेर हामीलाई बिर्सन जान लागेको है । म मनलाई पत्थर बनाउदै जवाफ दिन्थे छिट्टै फर्केर अाई हाल्छु नि ( केहि दिनपछि बिदेश जाने सबै तयारी भयो तर खै किन हो यो मनहरु झन दुखि हुदै जान थाल्यो तर के गर्नु मेरो बाध्यता थियो । अाफ्नै देशमा केहि गर्छु भन्दा पनि अाखिर हामि जस्तो ले के नै गर्न सक्थ्यो र जहा पैसा छ जहा ठुलो ठुलो स्तरमा अाफ्नो अाफन्त बिना कुनै जागिर सम्भव थिएन ।
… १ महिना पछि …
साउदि अरेबिया को लागि भिसा लाग्यो । एकतर्फी मनमा खुशि अर्को तर्फ जन्म भुमि छोड्नु पर्दाको पिडा निकै थियोे । गहभरि अाशु लिदै काधमा एउटा झोला भिरेर कर्म भुमि प्रस्थान गरे । तर यो शहरले सबैबाट टाढा बनाउदै लग्यो मनमा त्यहि कुराहरु मात्र खेलिरह्यो मरो रहर हरु कसरि पुरा गर्ने । साथि भाई बाट म्यासेज अाउछ कति कमाइस् कति ठुलो मान्छे भएछस् हगि ( उनिहरुलाई के थाहा १८ घन्टा काम गरेर भोकै निदाउनु को पिडा ) घर बाट फोन अाउछ सन्चै छौ भनेर ( कसरि भन्नु मरुभूमि को बगरमा लडिरहेको छु भनि ) अाज त्यहि मरुभूमि शहर बाट जिन्दगी लाई दुई शब्द लेख्न मन लाग्यो !

Dear जिन्दगी !
तिमि कति फराकिलो छौ तिमि कति सहनशिल छौ । हरेक दुखमा रोइ दिन्छौं सुखमा हासि दिन्छौं ,जिन्दगी तिमि सँग यात्रा गर्दागर्दै अाज धेरै थाकेको छु । मलाई थाहा छ मैले ठुलो गल्ती गर्दैछु तर पनि तिमिलाई सधै सधै अनगिन्ती पिडा पनि दिन सक्दिन , समयको दोहोरो खेलसँग दौडिरहदा तिमिलाई हासि हासि कहिल्यै अंगाल्न सकिन …

! कति दिन हेर्छौ यि अाखामा बर्षातको झरि सरि झरिरहेको अाशु , एकपल मेरो खुशिमा अनगिन्ती खुशी दर्साउने तिमि ( जिन्दगी) तिम्रै खुशिको निम्ति केहि गर्न नसकेको मा अाफैलाई अभागि ठान्छु । म हारेको छैन डगेको छैन यिनै मेरो सपनाको दुश्मनहरु सँग म अगाडि बढ्न पनि सकिन । म सँग दुइटा मात्र बिकल्प छ( कि तिमि कि मेरो सपना) – तिमिलाई रोजे म मेरो सपनाहरु कहिले पुरा गर्न सक्दिन – मेरो अधुरो अपुरो सपनाको पछाडि लागौ तिमि रोएको पनि हेर्न सक्दिन। दुखको पहाड हरु यति धरै छ तिम्रै काधमा खस्छ कि भन्ने डर लाग्छ । मलाई स्वार्थी घमण्डि , निष्ठुरी उपनाम थप्न पटक्कै मन छैन कसम जिन्दगी तिमि बाहेक अरु को नै छर मलाई बुझ्ने । मलाई घृणा नगर ल कहिल्यै म तिम्रो अपार माया लिएर सुन्दर त्यो एकान्त बस्तीमा रमाउन चाहन्छु ।

उजाड ति बस्तीहरुमा म सपनाको महल बनाउन चाहन्छु अनि मेरो खुशिहरुलाई छरपस्ट पार्नेछु । अाज एउटा प्रश्न गर्न मन लाग्यो ( जिन्दगी) अाखिर तिमि को हौ ? बिडम्बना तिमिलाई कहिले चिन्न सकिन । मनमा एउटै कुराले सताइरह्यो तिमि त खुशिको लहरा हौ (अनि म अभागि झुन्डि रहे) कहिले सोचिन तिमिलाई कति पिडा भयो होला । मलाई माफ गर ल …संगालेर राखेको मनको भावनाहरु अाज प्रस्फुटन गर्ने जमर्को मात्र गरेको हो । धैर्यता को बाधलाई रोक्न सकेन ।

सम्झनाको गोरेटोहरुमा यात्रा गरिरहदा कसरी तुवाँलो लागेको बादल भित्र हराउन पुगे थाहा छैन , चारैतिर अन्धकार बाट बाहिर निस्कने कोसिस हरु असफल नै रह्यो अनि लेख्न मन लाग्यो अदृश्य मनका कथाहरु ।

  • Mahendra lungeli magar ( असफल यात्री मुस्कान )
    उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.