सुजन आचार्यले फेसबुक लाइव भिडियो मार्फत यस्तो घोषणा गरे !

काठमाडौं । बुद्ध नेपालमै जन्मेका हुन् भन्ने नारा राखेर सबैभन्दा लामो टेलिभिजन अन्तरवार्ता गरेका रवि लामिछानेलाई १७ वर्षिय कान्छा पत्रकार सुजन आचार्यले चुनौती दिने भएका छन् । २०७० सालमा न्यूज २४ टेलिभिजन मार्फत ६२ घण्टा लामो टेलिभिजन अन्तरवार्ता गरेर गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका रविलाई कान्छा पत्रकार आचार्यले नब्बे घण्टाको चुनौती थपिदिन लागेका हुन् । तर यसभन्दा अघि नै रविको ६२ घण्टा लामो विश्व रेकर्डलाई दुई जना महिला अरबी पत्रकारले तोडिसकेका छन् । ७० घण्टा लामो टेलिभिजन अन्र्तवार्ता गरेर रविको सो रेकर्डलाई अरबी महिला पत्रकारले उछिनेका हुन् ।

अहिले पुनः नेपालकै सबैभन्दा कान्छा १७ वर्षिय पत्रकार सुजनले ९० घण्टाको लक्ष्य बोकेको छन् ।
उनको सो अन्तरवार्ता रमाइलो टिभीबाट प्रसारण हुनेछ । ऐतिहासिक रेकर्ड राख्ने अन्तरवार्ताको सम्पूर्ण तयारी पूरा भएको पनि व्यवस्थापन पक्षले जनाएको छ । हेर्नुहोस सुजनले लाइभ भिडियोमा आएर के भने भिडियोमा