संसारमा गीत संगीत मन नपराउने मान्छे सायदै कोही होला । हावाहुरी म्युजिक भिडियो सार्वजनिक

दु:ख, सुख अनि देश भक्ती होस् या भगवानको जप, तप, भजन कृतन गर्दा होस् या मनोरञ्जन गर्न आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने मान्छेहरूको छाँयापछिको आफ्नो भनेकै गीत हो ।
“हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
मनमा सजाएछु याद भनु प्यार मेरो जसरी”
बोलको गीत कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचना अनि गायिका संगीता रायमाझीको स्वरमा रक्षा आचार्य र निराजनको अभिनय रहेको भिडियो सरोज श्रेष्ठको निर्देशनमा तयार भएको हो । बुद्ध सायमीको एरेन्ज तथा संगीत रहेको उक्त गीतको इडिटिङ्ग उज्वल ढकालको रहेको छ ।