दैब को खेल : प्राण बचाउन अस्पत्ताल लगेकी छोरी आफ्नै आमाको शव बोकेर फर्किनुपरेपछि…..

प्युठान -ऐरावती गाउँपालिका(३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो ।

विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृत्युपछि छोरी पीडामा छटपटिइन् । छोरीले जसोतसो उपचार गर्न अस्पतालसम्म पुर्‍याए पनि आमालाई बचाउन सकिनन् । उपचार गर्दागर्दै साथमा भएको थोरैधेरै पैसा पनि सकियो । मृत्युपछि आमाको शव घरसम्म पुर्‍याउन उनीसँग पैसा भएन ।

उनले प्युठान नगरपालिका बिजुवारस्थित झिमरुक नदी किनारमा आमाको शव गाड्ने सोचमा पुगिन् । मृत्युको खबर पाएपछि गाउँबाट छिमेकी दिदीबहिनी पनि आए ।‘बुबा १५ वर्षअघि नै बित्नुभयो’, राधाले रुँदै भनिन्, ‘घरमा आमा एक्लै बस्नुहुन्थ्यो । हेरचाह गर्ने कोही थिएनन् ।’ महिनौं दिनसम्म आमा ओछ्यानमै थला परेपछि रोजगारीका लागि भारत पुगेकी उनी माइतीघर आएर आमाको उपचारमा लागेकी थिइन् ।

‘अलिकति खोजेर ल्याएको पैसा आउँदाजाँदा सकियो’, उनले भनिन्, ‘गाउँका दिदीहरूलाई बोलाएर बिजुवारमा गाड्न खोज्यौ ।’ जिल्ला अस्पतालदेखि करिब आधा घन्टा दूरीसम्म उनीहरूले ‘स्टेचर’मा शव बोकेर झिमरुक नदीकिनार नजिक पुर्‍याएका थिए ।

शव गाड्न राधासँगै आएकी छिमेकी मंगला विकले मद्दत गर्दै थिइन् । इलाका प्रहरी कार्यालय बिजुवारमा पुगेर मंगलाले गैटी, फोरुवासमेत ल्याइन् । प्युठान नगरपालिका (४ स्थित वडा कार्यालयनजिकै विकका आफन्तले शव गाड्न तयारी गरिरहेका थिए । पहिले त्यस क्षेत्रमा शव गाड्ने गरिए पनि अहिले रोक लगाइएको थियो ।

राधालाई पनि शव घर लैजान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । ‘अरूको ठाउँमा कसरी गाड्ने होला रु ’, विकले भनिन्, ‘घरमा लैजान नसक्ने भएपछि यहाँ आएका हौँ ।’ प्युठान स् ऐरावती गाउँपालिका(३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् ।

७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो ।विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृत्युपछि छोरी पीडामा छटपटिइन् । छोरीले जसोतसो उपचार गर्न अस्पतालसम्म पुर्‍याए पनि आमालाई बचाउन सकिनन् । उपचार गर्दागर्दै साथमा भएको थोरैधेरै पैसा पनि सकियो ।

मृत्युपछि आमाको शव घरसम्म पुर्‍याउन उनीसँग पैसा भएन । उनले प्युठान नगरपालिका बिजुवारस्थित झिमरुक नदी किनारमा आमाको शव गाड्ने सोचमा पुगिन् । मृत्युको खबर पाएपछि गाउँबाट छिमेकी दिदीबहिनी पनि आए ।

‘बुबा १५ वर्षअघि नै बित्नुभयो’, राधाले रुँदै भनिन्, ‘घरमा आमा एक्लै बस्नुहुन्थ्यो । हेरचाह गर्ने कोही थिएनन् ।’ महिनौं दिनसम्म आमा ओछ्यानमै थला परेपछि रोजगारीका लागि भारत पुगेकी उनी माइतीघर आएर आमाको उपचारमा लागेकी थिइन् ।

‘अलिकति खोजेर ल्याएको पैसा आउँदाजाँदा सकियो’, उनले भनिन्, ‘गाउँका दिदीहरूलाई बोलाएर बिजुवारमा गाड्न खोज्याँै ।’ जिल्ला अस्पतालदेखि करिब आधा घन्टा दूरीसम्म उनीहरूले ‘स्टेचर’मा शव बोकेर झिमरुक नदीकिनार नजिक पुर्‍याएका थिए ।

शव गाड्न राधासँगै आएकी छिमेकी मंगला विकले मद्दत गर्दै थिइन् । इलाका प्रहरी कार्यालय बिजुवारमा पुगेर मंगलाले गैटी, फोरुवासमेत ल्याइन् । प्युठान नगरपालिका (४ स्थित वडा कार्यालयनजिकै विकका आफन्तले शव गाड्न तयारी गरिरहेका थिए । पहिले त्यस क्षेत्रमा शव गाड्ने गरिए पनि अहिले रोक लगाइएको थियो ।

राधालाई पनि शव घर लैजान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । ‘अरूको ठाउँमा कसरी गाड्ने होला रु ’, विकले भनिन्, ‘घरमा लैजान नसक्ने भएपछि यहाँ आएका हौँ ।’आमाको अन्तिम दाहसंस्कार गरे पनि अहिले राधालाई अन्य खर्च कसरी जुटाउने भन्ने चिन्ता छ ।

नगरपालिका वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीलाई आफ्नै अगाडिबाट गएका उनीहरूलाई ‘स्टेचरमा’ बिरामी बोकेर लगेजस्तो लाग्यो । अलि तल पुगेर महिलाहरूले शव गाड्ने तयारी गरेको देखेपछि उनले सोधखोज गरे । विक परिवारको आर्थिक अवस्था दयनीय भएको बुझेपछि राजभण्डारीले ‘शववाहन’मार्फत शव घरसम्म पुर्‍याइदिन पहल गरे ।

आमाको शव घरसम्म लैजान पाएपछि छोरी राधाको अनुहारमा थोरै भए पनि खुसीको आभास मिल्यो ।वडाध्यक्ष राजभण्डारीले जनज्योति सामुदायिक विकास केन्द्रसँग समन्वय गरेर शव पुर्‍याइदिने व्यवस्था मिलाएका हुन् । ‘उहाँहरूको आर्थिक अवस्था दयनीय बुझ्यौँ’, राजभण्डारीले भने, ‘घरसम्म निःशुल्क शव पुर्‍याइदिने व्यवस्था मिलाएका छौँ ।’

जिल्लामा शव वाहन सञ्चालन गरेपछि पहिलोपटक विपन्न दलित परिवारको सेवा गर्न पाएको संस्थाका अध्यक्ष सञ्जय रिजालले जानकारी गराए ।आमाको अन्तिम दाहसंस्कार गरे पनि अहिले राधालाई अन्य खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । ‘जग्गाजमिन पनि खासै छैन’, उनले गुनासो गरिन्, ‘किरिया खर्च कसरी जुटाउने होला ? ’

(नारीखबर बाट साभार)