के बलात्कृत अपाङ्ग युवतीले न्याय पाउलिन त ? मिलाउन खोजिएको बलात्कारको मुद्धा पुनःदर्ता (भिडियो)

सामुहिक बलात्कारमा परेर झगडाको मुद्दामा मिलाउन खोजिएकी धनकुटाकी एक अपांग महिलाको मुद्दा पिडककी आमाले पुन प्रहरीमा दर्ता गराएकी छिन् । पाख्रीबास नगरपालिका स्थित एक गाउँकी बोल्न नसक्ने अपांगता भएकी ३० बर्षिया तामाङ्ग थरकी यूवती शुक्रबार सामुहिक बलात्कार भएको थियो । उक्त घटनाको जानकारी शनिबार प्रहरीलाई दिएपनि आईतबार जिल्ला प्रहरी कार्यालयमा कुटपिटको मुद्दामा मिलापत्र भएको थियो । पिंडककी आमाले पाख्रीबास मुगाका टेके तामाङ्ग र भाईजा तामाङ्ग बिरुद्ध प्रहरीमा मुद्दा दायर गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारी करणीको उजुरी परेपछि बलात्कृत युबतीलाई परिक्षणकालागि अस्पताल लगिएको जानकारी दिए । स्वास्थ्य परिक्षणको रिर्पोट आएपछि मात्र दोषिलाई पक्राउ गरिने प्रहरी प्रमुख भण्डारीको भनाई छ । यस घटना कुटपिटमा मिलेको खबर पाएपछि धनकुटा खबरले केहि दिन अघि यसबारे समाचार बाहिर ल्याएको थियो । अब मुद्दाले कुन मोड लिन्छ त्यो हेर्न बाँकी नै छ ।

पीडितको बारे उनकी आमासँग केहिदिन अघि गरिएको कुराकानी हेर्नुहोस्

खुसीको मेसेज शेयर गरेर सहयोग गरिदिनू है । Prem Baniya