शिव र विष्णु भगवान बिच भएको भयंकर युद्ध कसले जित्यो ?

भगवान विष्णु यो सृष्टिका पालनहार हुन् भने शिव भगवान संहारक हुन्। दुवै भगवान शर्वशक्तिमान छन् र दुवै भगवान एक-अर्काका परमभक्त पनि हुन्।

भगवान विष्णुको पत्नी हुन पाउँ भन्दै पातालमा कठोर तपस्या गरिरहेका माता लक्ष्मीका आफ्नै पाँच बहिनीको तपस्याबाट प्रसन्न भएर पाताल पुगेका विष्णुलाई लक्ष्मीका पाँचै बहिनीले आफ्ना पति बन्न बरदान माग्दै सारा स्मृतिलाई भुलेर उनीहरुसँगै पाताल लोकमा बस्न भने। बिष्णुले उनीहरुलाई ‘तथास्तु’ भनेर वरदान दिए र पातालमै उनीहरुसँग बस्न थाले।

यसरी भगवान विष्णु पातालमा रहन थालेपछि संसारको सन्तुलन बिग्रन थाल्यो। माता लक्ष्मी व्याकुल भएर शिवको शरणमा गइन्। शिवले लक्ष्मीलाई देखेर दुखित भए र उनले सृष्टिको सन्तुलनलाई बिग्रन नदिन भगवान विष्णुलाई पातालबाट फिर्ता ल्याउने बाचा माता लक्ष्मीसँग गरे।

शिव भगवानले वृषभ अवतार लिएर पाताल लोकमा आक्रमण गरे।शिवले यसरी वृषभ अवतार लिएर आक्रमण गरेको देखेर विष्णु भगवान क्रोधित हुदै शिव भगवान माथी अनेकौ अस्त्रले प्रहार गर्न थाले,शिवले विष्णुद्वारा प्रहार गरिएका ति सबै अस्त्रलाई विफल बनाइदिए।

दुवै सर्वशक्तिमान थिए त्यसैले विष्णु भगवान र वृषभ अवतारमा रहेका शिव भगवान बीच घमासान युद्ध भयो तर युद्धमा कसैको हारजित हुन सकेन।युद्ध बर्षौसम्म चलिरह्यो।

युद्ध चलिरहँदा भगवान विष्णुले रिसाउँदै आफ्नो नारायण अस्त्र शिव माथी प्रहार गरे।शिवले पनि विष्णु माथी पाशुपत अस्त्र प्रहार गरे। दुबै एक-अर्कामाथि प्रहार गरेको अस्त्रले बाँधिए।

यो सबै देखेर गणेश भगवान माता लक्ष्मीको पाँच बहिनीहरु भएको ठाउँमा गएर भने- शिव र विष्णु दुवै एक- अर्काको अस्त्रमा बाँधिएका छन्। यदि भगवान विष्णुको स्मृति फिर्ता आएन भने दुवै अनन्तकाल सम्म बाँधिएर रहन्छन् र यसले समस्त सृष्टिको सर्वनाश हुनेछ।

गणेशको मुखबाट यस्तो कुरा सुनेपछि पाँच बहिनीहरु युद्ध क्षेत्रमा गएर भगवान विष्णुलाई आफ्नो सारा बचनबाट फिर्ता लिने बताए।

लक्ष्मीको पाँच बहिनीको वचनबाट मुक्त हुने बित्तिकै भगवान विष्णुको सारा स्मृति फिर्ता आयो र उनले शिवलाई आफ्नो अस्त्रबाट मुक्त गरिदिए र शिवले पनि विष्णुलाई मुक्त पारिदिए र आफ्नो साकार रुपमा आए। त्यसपछि शिव विष्णुलाई लिएर बैकुण्ठधाम फिर्ता भए।

प्रकाशित मिति : २०७४ पुष ७,शुक्रबार