डराएर १० लाख तिरेको रेसुङ्गा अस्पतालको खुलासा । तीन थरि शिर्षकमा बालमैत्री अस्पतालको लुट- SIDHA KURA

मानिसहरु मानिस बेचिरहेका छन् तर मानिसहरु नै मौन छन् । देशका गाँउ गाँउमा दलालहरु बिटाका बिटा पैसा बोकेर छिरेका छन् । खल्ती भरी भएको पैसाले गाँउका छोरी चेली बेचेर आँफु धनी हुने सपना बोकेर सल्बलाएका दलालहरुलाई लखेट्नुको साटो उल्टै चिया, खाजा वा खाना खुवाएर स्वागत गरीरहेका छन् गाँउलेहरु ।

शिक्षाको उज्यालो पुग्न नसकेको गाँउका बा, काका, दाजुभाइलाई नै २÷४ पैसा दिएर र रक्सी खुवाएर उनैका छोरी चेली बेचिरहेका छन् मानिसहरु । प्रहरी र प्रसाशन छ, अनि डलरको आडमा कलर फेरीएका एनजीओ, आइनजीओहरुले पनि आआफ्नो पसल थापेका छन् गाँउमा ।

तर काम गर्ने अनुमती नै नपाएको देशमा गई विदेशीको गाली ,कुटाइ र विभिन्न खाले शोषणमा पर्न विवश छन् यो देशका छोरी चेलीहरु । छोरी बेचेर आएको पैसाले भट्टीमा हल्लिँदै छन् आफ्नै भनाउँदाहरु ।

छोरी वेचेको पैसाले चलेका छन् गाँउघरका भट्टी पसल, लुगा पसल, दालचामल मर मसला पसल । छोरी वेचेको पैसालाई पनि सरकार रेमिट्यान्स भन्छ । बेचिएको छोरीले घरमा पठाएको पैसालाई पनि सरकार रेमीट्यान्स भन्छ ।

छोरी बेचेको पैसाले पनि देश चलेको छ । सिमानामा दलालसँग केही हजार लिएर छोरी बेच्नेहरुलाई जान दिइन्छ । यो बन्द गर्न नसकेपनि धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ र कन्ट्रोल गर्न सक्ने निकायका प्रमुखहरुका पनि छोरी चेली छन् ।

दलालकै सेटिङमा देशको विमानस्थ्लबाट पनि छोरीहरु वेचिएर जान्छन् । बन्द गर्न सकिदैन तर कन्ट्रोल गर्न सक्ने निकायका प्रमुखहरुका पनि छोरी चेली छन् । नीति निर्माता, सिमा क्षेत्रका प्रमुखहरु, विमानस्थल, अध्यागमन, सुरक्षा निकाय सवका सबलाई थाहा छ कि दलालहरुको सेटीङमा काम गर्ने अनुमती नै नपाइने देशमा छोरीहरु वेचिन्छन् ।

मलाई थाहा छ, यो रातारात बन्द हुन सक्दैन तर मलाई यो पनि थाहा छ कि यो रातारात कन्ट्रोल हुन सक्छ । कन्ट्रोल गर्न सक्ने निकायका प्रमुख ज्युहरु, यतिबेला तपाईकी आफ्नै छोरी ल्यापटप र आइप्याडमा पढाइ, गेम र च्याटमा व्यस्त छिन अथवा विदेशमा बसेर स्काइप, फेसबुकमा तपाईसंग रमाई रमाई कुरा गर्छिन ।

अशिक्षाले गाँजेको दुर्गम गाँउका छोरीहरुलाई ल्यापटप, आइप्याड चाहिएन तर दलालले बेचेर विदेशमा यातना भोग्न बाध्य पारिएन भने उनीहरु आफ्नै खेतबारीमा घाँस दाउरा गर्थे, आफ्नै आँगनमा ढिकी जाँतो गर्थे ।

छोरीहरु त छोरीहरु नै हुन नी । चाहे तपाईका हुन्, हाम्रा हुन् वा बेचिएकाहरुका बा आमाका हुन् । सिमानामा पैसा खाएर छोरी बेच्न दिने र विमानस्थलमा सेटिङ गरी छोरी बेच्न दिनेहरुले आज एक छिन, मात्र एक छिन आफ्नी छोरीको आँखामा आंखा जुधाएर हेरुन् । फेरी पनि भन्छु बन्द गर्न सकिदैन तर कन्ट्रोल राता रात गर्न सकिन्छ ।

डराएर १० लाख तिरेको रेसुङ्गा अस्पतालको खुलासा । तीन थरि शिर्षकमा बालमैत्री अस्पतालको लुट-
बानेश्वरमा फटपाथमा तरकारी वेच्दै आएकी गर्भवति गीता शाहको पेटमा नगर प्रहरीले बुटले हानेका थिए ।