आबुदाबीबाट सिधाकुरा लाइभ, अष्टमिले काम गर्ने कम्पनीमा रबी लामिछानेको टिम, दूतावासमा एतिहासिक जमघट !

आबुदाबीबाट सिधाकुरा लाइभ, अष्टमिले काम गर्ने कम्पनीमा हाम्रो टिम ।गुनासो सुनाउन दूतावासमा इतिहासकै ठूलो जमघट – SIDHA KURA JANATA SANGA!! EPISODE 154
युएईमा पिडित नेपालीहरुले यसरी बलिन्द्र धारा आँशु झार्दै टिम रबिसंग आफ्नु पिडा पोखे !

बैैदेशिक रोजगारीको शिलशिलामा दुबईको आबुधावीमा रहस्यमय मृत्यु भएकी गोरखा आरुघाट २ मान्वुकी अष्टमी गुरुङ बिषयमा न्युज २४ टेलिभिजन आबुधावीमै पुगेर विस्तृत रिर्पोटीङ गरेको छ ।
कार्यक्रम सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने सहितको टिमले आबुधावीमा अष्टमीले काम गर्ने कम्पनीमै पुगेको छ । साथै युएई स्थीत नेपाली दुतावास र एनआरएन युएईका पदाधिकारीको पहलमा युएई प्रहरीले गरेको अनुशन्धानको बारेमा छलफल गरेको छ ।

न्युज२४ टेलिभिजनको टिमले युएईमा भिजिट भिषामा पुगेर अलपत्र परेका नेपाली,घरेलु कामदारका रुपमा युएई पुगेका नेपाली महिलाहरुलाई भेटेको छ । उनीहरुको समस्या समाधानको लागि दुतावास तथा नेपाल सरकारको ध्यानआकषर्ण गराएको छ ।

नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।
मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको बताइएको छ । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए । उक्त कम्पनीका नेपालीहरुले दिएको जानकारीअनुसार शनिबार साइमनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य तीन नेपालीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको भएपनि गएराती नै छाडिएको बताइएको छ ।

यता राजदुताबास आबुधावीका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलाई बुझाइएको भएपनि थप जानकारी आउन नसकेको बताउनुभयो । अष्टमी मृत्यु प्रकरणका बारेमा न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँगमा प्रसारण समेत भएको थियो । न्युज २४ बाट