गगन थापामाथि बम हानेकाे अाशंकामा १० काँग्रेस नेतासहित ४० जना गिरफ्तार (भिडियो सहित)

काठमाडौँ ।

नेपाली काँग्रेस युवा नेता काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएका आशंकामा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार ४० जनामध्ये १० जना नेपाली काँग्रेसका नेता–कार्यकर्ता हुन् । उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।

बम ‘रिमोट कन्ट्रोल’ बाट विष्फोट गराइएको आशंका प्रहरीले गरेको छ । थप अनुसन्धान भइरहेको छ ।

चुनावी घरदैलो अभियान अन्तरगत पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापालाई लक्षित गरी सोमबार दिउँसो काठमाडौंको चपलीमा बम विस्फोट गराइएको थियो ।

विस्फोटबाट सामान्य घाइते थापा उपचारपछी डिस्चार्ज भएका छन् भने अन्य घाइतेको उपचार भइरहेको छ ।

इमान्दारमिडियाको सहयोगमा
पत्रकार समेलनमा गगन यसरी गार्जिय हेर्नुहोस भिडियो तल