पुत्रवियोगमा रहेका प्रचण्डलाई कमल थापाले बाण हानेपछि यसरी मच्चियाे सामाजिक सञ्जालमा खैलाबैला

काठमाडौँ

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति माफी माग्नुपर्ने भन्दै बोलीको बाण हानेपछि सामाजिक सञ्जालमा खैलाबैला मच्चिएको छ ।

थापाले शुक्रबार विहानै ट्वीटरमार्फत एकमात्र छोरा प्रकाश दाहाललाई गुमाएको पीडामा रहेका प्रचण्डलाई ‘पुत्र/पुत्री शोकको पिडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न।प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ । विह्वलको यसघडिमा अन्यथा अर्थ नलाग्ने होभने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुनेथियो’ भनेका थिए ।

राजाको शासनकालमा जनआन्दोलन दबाउन गोली चलाउने र निशस्त्र नागरिकलाई गोली हानेर मार्दा कति कोख रित्तिए, कति सिन्दुर पुछिए, त्यसको पनि हिसाब राखेर क्षमा माग्नु पर्दैन भन्दै सामाजिक सञ्जालमै थापाको कडा आलोचना भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरको यो रोइलो फेसबुकसम्म पुगेको छ ।

हेर्नुहोस् यस्तो थियो थापाको ट्वीट

उनको ट्वीटप्रति आपत्ति जनाउदै माओवादी केन्द्रका कार्यकर्ताहरु तथा शुभचिन्तकहरुले बिरोध जनाएका हुन् ।

कसले के भने ?

लेलिन बञ्जाडे लेख्छन्: ठीक यही बेला ०६२/६३ मा २१ जना नि:शस्त्र नागरिकलाई गोली हानेर मार्दा कति कोख रित्तिए, कति सिन्दुर पुछिए, त्यसको पनि हिसाब राखेर क्षमा माग्नुस् । सक्नुहुन्छ?

काका नामका ट्वीटर प्रयोगकर्ता लेख्छन्: २०६२ २०६३ मा तपाईंले नागरिकलाई अनागरिक देखेको दिन सम्झदै तपाईं कसरी चुनावमा जनता सँग मत माग्दैहुहुन्छ अलिकती पनि लाज छ ?

छवि बराल लेख्छन्: ०६२/०६३ सालको शाही शासनमा तपाईंको गृहमन्त्रीत्वकालमा के भएको थियो तस्वीर आफैं बोल्छ!दरबारमा लोकतन्त्र बुझाउने शेर बहादुर र आन्दोलनमा गोली हान्ने कमल थापा जिले पानी माथिको ओभानो बन्न खोजे पनि पत्याइदैन!

छिचिमिरो नामका ट्वीटर प्रयोगकर्ता लेख्छन्: आफू गृहमन्त्री भुको बेला आर्मि पुलिसले रित्याएका गरिबका कोख र सिउँदोका बारे नि ?

अमृत अर्याल लेख्छन्- तपाईले भगवान ठान्ने पृथ्वीनारायण शाहले कति मानिसहरुको हत्या गरेका थिए ?? जनआन्दोलन मा मृत्यु र घाइतेका परिवारसङ्ग क्षमा माग्नु पर्छ कि पर्दैन काजी साप ??

प्रदीप दाहाल लेख्छन्: लाज मर्दो कमल थापाले अब प्रचण्डलाई जनयुद्दको कुरा लिएर आलोचना गर्ने, शेरबहादुरले प्रचण्ड ओलीलाइ लोकतन्त्र सिकाउने? लाज पचेर नकचरो भैसके पछी जे बोल्दा नि हुने क्या काजीसाप ! ब्यारेकबाट सेना नि निकालेर हलो जोत्दै गरेको माइलो दमाईलाई गोली नि प्रचण्डले ठोक्या हुन क्यारे !

दिनेश देवकोटा लेख्छन्: राजाको चाकरी गर्ने हैसियत बाट मुलुकको नेतृत्व गर्ने सम्मको औकात हजुरका बडामहाराजले बक्सिसमा दिएका होईनन। प्रकाश, प्रचण्ड लगाएतका परिवर्तनका संवाहकहरुले ल्याएको लोकतान्त्रिक गणतन्त्रको बुई चडेर यो सोकको घडिमा आदर्श नसिकाई दिए राम्रो हुन्थ्यो कि।

नेपाली वैज्ञानिक विनय लेख्छन्: ए कमल जी समय र परिस्थिती मा बोल्न र चल्न नसक्नु तिम्रो अस्तित्व मेटिदै छ तर पटक पटक जुन अवसर तिमीमा आऊदै छ त्यो नै तिम्रो दशा बन्दै जानेछ तेसैले कु-कुरा छोड ६२/६३ को सहिद को हत्यारा तिमी नै हौ क्षमा माग ! नत्र ज्ञानेको लगौटी धुदै धिक्कार्दै रूदै बस्नु पर्छ !

अन्सु थापा लेख्छिन: गणतनन्त्रिक ब्यवस्था भएको मुलुकमा राजा चाहीन्छ भन्दै घोक्रो सुकाऊनेको ज्ञान नै यति हो भन्ने जानकारी पहिलै पाएको मैले त ! गतिलो काम कस्ले गर्यो ? राजा बिरेन्द्रको हत्याराहरु आजसम्म पत्ता लगाँऊन सक्नु भएन त तपाईले पनि !

लुरी केटि नामकी ट्वीटर प्रयोगकर्ता लेख्छिन : त्यो जनयुद्ध नभको भए कमल थापाको हैसियत यो होइन रानीको पेटीकोट धुने हुन्थ्यो ।

कलम नामका ट्वीटर प्रयोगकर्ता लेख्छन् : तपाई सरकारमा हुदाँ पल्लो घरको दिदीलाई बजारबाट आउदाँ बोटोमा समाएर सेनाले मार्यो, मेरो बुबालाई गिरफ्तार गरेर पनि गोली ठोकियो । कमल थापा तिमीले त्यसको क्षमा कहिले माग्ने नी ?

योगेश काफ्ले लेख्छन: १७००० भनिन्छ नि ? ती मध्ये १४००० त राज्य ले मारेको छ, तेस्को माफी कस्ले माग्ने ? तिम्ले त गणतन्त्र ल्याए बापत नि माफी माग भन्छौ नि भन्न त, तेइ गणतन्त्र नेपाल को नेता मै हुं भन्छौ अझै लाज पचाएर ?

केशब लेख्छन: आफू गृह मन्त्री हुदा मारेको याद छ ?

नरेन्द्र ब्यादी लेख्छन: सङ्कट्काल लगाएर हजारौंको बिभस्त हत्या गर्ने अनि जनाअन्दोलनमा खुलेआम गोलिको वर्षा गर्नेबाट यस्तो निच इस्तरको सडकछाप अभिव्यक्ति आउनु अनौठो मान्न सकिन्न !

यस्तै प्रकारका आलोचनाहरुले शुक्रबार कमल थापाको टाउको दुखेको छ ।

(इमान्दारमिडियाको सहयोगमा)