सक्कियाे मिति तर अाएन बमले एट्याक गर्याे कि !!

सक्कियाे मिति तर अाएन
बमले एट्याक गर्याे कि
जाममा पाे पर्याे कि ?
या त हरायाे पानीमा डुबेर
गुज्रियाे मिति तर अजै अाएन् ।
गाेजी रित्तिने छ अब छिटै
झुटाे बाेलेर कति दिन टार्नु
काेही त पक्डी हाल्छन्
नमिठाे वचनकाे छुरा राेप्छन्
ठूलै अत्याचार गरेर भागेकाे अपराधीजस्तै ।
अरुले त भन्थे ३ महिनामा अाउँछ
तर अाएन उ
इन्टरनेटकाे भित्तामा हेर्छु , देखिदैन कतै
चुनाव लाग्याे हाेला उसलाई पनि ?
कहाँ लाग्नु चुनाव,
उ त वर्षभरी तैले गरेकाे मेहेनतकाे फूल हाे
बाबाले खर्च गरेकाे नाेठकाे ब्याज हाे
शिक्षककाे लेक्चरकाे फल हाे
३ घण्टा हातै दुख्नेगरी लेखेकाे
अक्षरहरुकाे परिणाम हाे ।
साचै कहिले अाउँछ उ ?
अनि फेरी देखाउन पाउँछु मेराे
परिचयपत्र
भन्न पाउछु दाई कार्ड छ कति हाे भाडा ?
अाँखा मिच्दै नाैला सपना बाेकेर कलेजकाे
गेटभित्र छिर्ने दिन कहिले अाउँछ ?
कलेज जाने वाहानामा उसलाई हेरेर
मुस्कुराउने दिन कहिले फर्किन्छ ?

सबिता सापकोटा