लण्डन मास्टर्स २०२४ को टेबल सकरको प्रतिनिधित्व गर्दै हाम्रा दुई नेपाली खेलाडीहरू सोनाम महर्जन र आशिष मान सिंह वेलायतमा।

लण्डन, यु के। यहि मई २४, २६ गते वेलायतको Peckhyam Rye , London मा भएको वेलायत फुटबल संघ द्वारा आयोजित लण्डन मास्टर्स २०२४ मा नेपाल टेबल सकरको प्रतिनिधित्व गर्दै हाम्रा दुई नेपाली खेलाडीहरू सोनाम महर्जन र आशिष मान सिंह उक्त खेलमा भाग लिदै वेलायत आएका छन्।

International Table Soccer Federation (ITSF) ले ५ ITSF आधिकारिक शैलीका तालिकाहरूमा हुने ५ वार्षिक विश्व च्याम्पियनसिप शृङ्खला कार्यक्रमहरू लगायत सबै उमेर समूहहरू र असक्षमता भएका व्यक्तिहरूका लागि प्रमुख अन्तर्राष्ट्रिय टेबल सकर कार्यक्रमहरूलाई अनुमति दिइने गरिन्छ।यसका अतिरिक्त, ITSF ले सबैभन्दा प्रतिष्ठित टेबल फुटबल प्रतियोगिता, World Cup – हरेक वर्ष हुने राष्ट्रिय टोलीको प्रतियोगिता आयोजना गर्छ र जसमा विश्व च्याम्पियनसिपहरू समावेश हुन्छन्।
यो खेल 5-महाद्वीप, 60-प्लस-टूर्नामेंट ITSF टुरको वार्षिक समापन हो, जहाँ लगभग 40 देशहरूका उत्कृष्ट टेबल फुटबल खेलाडीहरूले विश्व उपाधिका लागि प्रतिस्पर्धा गर्छन्।

यस टेबल सकर २०२४ को प्रतिनिधित्व गर्दै आएका हाम्रा दुई नेपाली खेलाडीहरू सोनाम महर्जन र आशिष मान सिंह लाई स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसिएसन का अध्यक्ष बिजय डंगोल द्वारा स्वागत तथा सम्मान  प्रदान सहित हार्दिक बधाई तथा सफलताको कमना दिए। उक्त स्वागत कार्यक्रममा स्कटल्याण्ड एडण्वराका आषिश पुन, उदय शर्मा द्वारा पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

धन्यवाद।