“टाँटे सिमीले” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायक आनन्द कार्की र सहिमा श्रेष्ठको स्वरमा चकलेटी हिरोको रुपमा चिनिने दिलिप रायमाझी र उषा उप्रेतीको मूल भूमिका रहेको “टाँटे सिमीले” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बाबुल गिरीको सङ्गीत, सुशील चालिसेको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो सुशील चालिसे युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

धन कुमार गिरी (बाबुल) को एरेन्जमेन्ट, राजिव शाहको रेकर्डिङ्ग; मिक्सिङ्ग मास्टरिङ्ग रहेको र उपेन्द्र शाही र स्मारिका खनालको समेत अभिनय रहेको उक्त म्युजिक भिडियोमा माइकल चन्दको निर्देशन रहेको छ ।