मेलबर्नको क्रेगिबर्न नेपाली समाजद्धारा अभिभावकहरुका लागि एक दिने भ्रमण कार्यक्रम सम्पन्न

क्रेगिबर्न, मेलबर्न: क्रेगिबर्न नेपाली समाज भिक्टोरियाले नेपालबाट आउनु भएका अभिभावकहरुको समूहलाई एक दिने भ्रमणको कार्यक्रम सम्पन्न गरेकोछ । काठमाडौ फाईनान्स तथा मोर्गेजको प्रायोजन र द सेफ लाउन्जको सहप्रायोजनमा यो कार्यक्रम सम्पन्न भएको हो । भ्रमण कार्यक्रम बिहान ९ बजे क्रेगिबर्न संगम पार्कबाट शुरु भएर १०० डनकान्स लेन, डिग्गर्स रेस्टस्थित नेपाली मन्दिरमा चियापान र मन्दिर दर्शन हुँदै ग्रेटओसन रोडमा गएर टुंगिएको थियो ।

नेपालबाट आउनु भएका लगभग ७० अभिभावकहरुको सहभागिता रहेको उक्त एक दिने भ्रमणमा कार्यक्रम आयोजकका तर्फबाट सि.एन.सि अध्यक्ष कुसुम मगर, उपाध्यक्ष शोभा पौडेल, सचिव सुसन गौतम तथा सदस्य आकास पौडेलको सहभागिता रहेको थियो भने सि.एन.सि पूर्व अधक्ष्य प्रेम कँडेल, तथा संस्थापक तथा सल्लाहकार अनन्त पौडेलको बिशेष उपस्थिति थियो । पौडेलकै पहलमा नेपाली मन्दिरले चियापानी र खाजाको ब्यावस्थापन पनि गरेको थियो ।

अभिभावक समुहबाट भ्रमण टोलिका संयोजक नारायण घिमिरेले गरेका थिए ।

टोलिले भ्रमणका क्रममा बसमा रमाईलो नाचगान, भजन तथा भलाकुसारी गर्दै यात्रा तय गरेका थिए ।

ठाउँ-ठाउँमा फोटो सुट, समुद्रको तटको अबलोकन तथा खानपानको ब्यवस्था पनि गरिएको थियो । करिब दिउँसो ३ बजे लोन बेबाट फर्किएको भ्रमण टोलीलाई द सेफ लाउन्ज तथा बारले नेपाली खानपानको ब्यबस्था गरेको थियो भने बारका सन्चालक तथा भ्रमण ब्यावस्थापनका प्रमुख आकास पौडेलले नाच, गान तथा गित -संगीत पनि ब्यवस्था गरेका थिए ।

कार्यक्रम का अन्तिम चरणमा आफ्ना मन्तब्य राख्दै अभिभावक समुहका अधक्ष्य तेजप्रसाद पौडेलले आफूहरु नेपालबाट यसरी टाँढा आएर पनि नेपाली बातावरणमय यस किसिमको कार्यक्रमको आयोजनाबाट अत्यन्त खुशी रहेको र आगामी दिनहरुमा अझै यस्ता कामहरुको अपेक्षा राखेको बताए भने प्रमुख प्रायोजक राज खनियाँले सहयोह गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहकार्य गर्ने जनाए । सल्लाहाकार अनन्त पौडेलले सि .एन. सि को सपना पुरा भएको र यस्ता सामाजिक कार्यहरु अझै गर्दै जानेमा जोड दिए ।

कार्यक्रम राती ९ बजे सकिएपछि अभिभावकहरुलाई घर-घरसम्म पुर्याउने ब्यवस्था गरिएको थियो ।