सुमन बिटीको ‘तिमी बिना सक्दिन’ गीत विमोचन

चैत, काठमाडौँ । गायक सुमन बिटीको ‘तिमी बिना सक्दिन’ बोलको गीत विमोचन गरिएको छ । शनिबार बालाजुस्थित सगुन क्याफेमा आयोजीत एक कार्यक्रमका बिच गीतको भिडिओ विमोचन गरियो । गीतमा सुमनसँगै अन्नु चौधरीको स्वर रहेको छ ।

राष्ट्रिय लोक सन्चारकर्मी नेपालले आयोजना गरेको विमोचन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष गायक प्रकाश कटुवालले गीतको अडियो र भिडिओको क्वालिटीलाई लिएर तारिफ गरे । ‘गीतको भिडिओ निर्माणका लागी मुस्ताङ पुग्नुभएको रहेछ । अडियो अनुसार भिडिओ निर्माणमा कुनैकमि भएको देखिदैन । गीतको सफलताको शुभकामना दिन चाहान्छु ।’ प्रमुख अतिथि कटुवालले भने । ‘साथै गायक सुमन जि यसअघि पनि निकै राम्रो गीत दर्शक तथा स्रोतामाझ ल्याइराख्नुभएको सर्जक हुनुहुन्छ । यो गीत पनि लोकप्रिय बन्ने देख्छु ।’

कार्यक्रमका सभापति आयोजक संस्थाका अध्यक्ष सन्चारकर्मी चन्द्रमणी गौतमले दिनहुँ दर्जनौं गीतको भिडिओ सार्वजनिक भइरहेको अवस्थामा फरक र सुन्दर गीत ल्याएकोमा गायक सुमन बिटीलाई बधाई तथा शुभकामना दिए । साथै गौतमले गीतको प्रमोशनमा सहयोगका लागी सम्पुर्ण संगीतकर्मी तथा सन्चारकर्मीहरुलाई आग्रह गरे ।

गीतको भिडिओमा गायक सुमन स्वयको अभिनय रहेको छ । सुमनसँगै अभिनयमा अश्विनी शाहीले साथ दिएकी छिन् । यस्तै गीतमा रबिन भुसालको लय र शब्द रहेको छ । एरेन्ज बिशाल निरौलाले गरेका हुन् ।
अपर मुस्ताङमा तीनदिन लगाएर खिचिएको भिडिओलाई दिनेश पराजुलीको टिमले खिचेको हो भने कोरियोग्राफी र निर्देशन बिशाल नेपालीले गरेका छन् । भिडिओ सम्पादनको काम अमृत चापागाईंले गरेका छन् ।

गायक सुमनले गीतमा लगानी धेरै भएको बताए । उनी भन्छन्, ‘यति नै लगानी भएको भनेर संख्यामा भन्नु भन्दा पनि ठाउँको हिसाबले पनि लगानी धेरै भएको छ । तीनदिन पुरा मुस्ताङमा बसेर छायांकन गरेका हौं । हाम्रो चाहना भिडिओ राम्रो बनाउँ भन्ने हो ।’

गायक सुमनले शुक्रबार नै युट्युवमा भिडिओ अपलोड गरेर विमोचन कार्यक्रम शनिबार राखेको जानकारी दिए ।

दर्जनौं गीतमा स्वर दिएका गायक सुमनको यसअघिको ‘तिमी र म जाम माया कहिँ टाढा’ बोलको गीत चर्चित छ । उक्त गीतले युट्युवमा करोडमाथी भ्युज पाएको छ ।