बद्री सापकोटा र संगम लामिछानेको ‘ए गौरी’ बजारमा

काठमाडौं । गायिका संगम लामिछाने र गायक बद्री सापकोटाको स्वरमा रहेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । गायिका संगम लामिछानेको प्रस्तुतिमा रहेको यस गीतको शब्द सिर्जना कृष्ण लामिछानेको रहेको छ भने बद्री सापकोटाको संगीत रहेको छ । उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

‘ए गौरी’को म्यूजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारीको प्रमुख भूमिका रहेको छ । उनीहरुसँगै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई संगम लामिछाने युट्युब च्यानल बाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्। भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । रामेछाप जिल्ला स्थायी घर भएकी गायिका लामिछानेको यसभन्दा अगाडि आएको गीत ‘हे मेरो सानु’ लोकप्रिय बनेको गीत हो ।

चर्चित गीत बस बस पियारीका सङ्कलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरी गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन ।