दिपसागर थापा र अमृत तामाङले ल्याए ‘कुटुम्ब रोधी घर’ सञ्चालनमा

चर्चित लोक दोहोरी गायक एबं सर्जक दिप सागर थापा मगर र युवा ब्यवसायी अमृत तामाङले “कुटुम्ब रोधी घर प्रा.लि.” सञ्चालन गरेका छन् । उनले यही माघ ७ गते देखी औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । उद्घाटन कार्यक्रममा दिप सागर थापा मगरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघका अध्यक्षता गुणराज खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल संगीत उधोग संघका अध्यक्ष सुर्य बहादुर मगर, सफल ब्यवसायी तथा समाजसेबी भिम श्रेष्ठ, कलाकार तथा सफल ब्यवसायी सुनिल लामिछाने लगायत थुप्रै चर्चित कलाकारहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो । कुटुम्ब रोधी घर प्रा.लि मा बिभिन्न गीतहरु सुन्न र गाउन पाईनुका साथै बिभिन्न प्रकारहरुको स्वाद लिदै दिनभरको थकान मेटाउन पाईने छ । कुटुम्ब रोधी घर प्रा.लि काठमाडौं को मित्रनगर स्थित दुरसञ्चारबाट म्हेपी जाने तर्फ करिब ५० मिटर नजिक रहेको छ ।

कुटुम्ब रोधी घर प्रा.लि को औपचारिक उद्घाटन बिभिन्न राष्ट्रिय कलाकारहरुको साथमा यही फागुन १२ गते सम्म सञ्चालन हुने कुरा सोही रोधीघरका सञ्चालक दिप सागर थापा मगरले जानकारी गराएका छन् । दोहोरीमा छाडापन आएको र छाडा डान्स आएपछि बिकृती भित्रिएको कुरा सहर्ष स्विकार गर्दे कुटुम्ब रोधी घर प्रा.लि मा छाडा डान्स गर्ने र छाडा गीत गाउनेलाई कारबाही गर्ने दि सागर थापा मगरले प्रतिबद्धता जनाएका छन् । साथै कुटुम्ब रोधी घर प्रा.लि मा हाल सम्म ३५ जना स्टाफहरु रहेको र सबै स्टाफहरुलाई सिमा तथा हद पार नगर्न अनी मौलिक कला संस्कृतीको जर्गेना गर्न तर्फ लाग्न समेत उनले अनुरोध गरेका छन् ।