चन्द्रमणि गौतमको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको नयाँ कार्यसमिति चयन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नयाँ नेतृत्व पाएको छ । संस्थाको पाँचौं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा १५ जनाको नयाँ कार्य समिति चयन भएको हो ।

निर्विरोध चयन कार्यसमितिमा अध्यक्षमा चन्द्रमणी गौतम (रेडियो काठमाडौं) सँगै संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य (मेगा टेलिभिजन), उपाध्यक्षमा हरि प्रसाद दुलाल (ब्राभो खबर डटकम), सचिवमा कमल चौलागाई (लालिगुँरास डटकम), सहसचिवमा शिबराम भण्डारी (क्लासिक एफ.एम), कोषाध्यक्षमा शरणप्रसाद हुमागाई (रेडियो आहा) र सह कोषाध्यक्षमा कल्पना रेग्मी (नेपाली रेडियो नेटवर्क) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा गोपिकृष्ण चापागाईं (आर्टिष्ट खबर डटकम), सविता पोखरेल (म्युजिक खबर डटकम), तुल बहादुर परियार (डिजिटल अनलाईन टिभी), शिखर जंग श्रेष्ठ (सान्दार मिडिया), करिस्मा केसी (सुत्रन्युज डटकम), बिनिता कुँवर क्षेत्री (जुम टिभी नेपाल डटकम), बाबुराम सिग्देल (सौर्य राष्ट्रिय दैनिक), कविराज ढकाल (कान्तिपुर पाटि डटकम) चयन भएका छन् ।

चयन भएसँगै अध्यक्ष गौतमले लोक सञ्चारकर्मीको हकहितका लागी काम गर्ने बताए । उनले लोकगीतसंगै लोकसंस्कृति, सम्पदा, भेषभुषा, परम्परा, लोकसाहित्य बिधामा निरन्तर सञ्चारमाध्यम मार्फत आवाज उठाइरहेका सन्चारकर्मीहरुको भलोका लागी संस्थाले सदैव काम गर्ने र देशैभरीका त्यस्ता सञ्चारकर्मीको पहिचान गरी संस्थामा आवद्ध गराउने बताए । साथै उनले लोक सञ्चारकर्मी कल्याणकारी कोषको पनि छिट्टै नै स्थापना गर्ने घोषणा गरे ।

‘हामी दिनहुँ सञ्चारमाध्यममा काम गरिरहेका हुन्छौं, समयसँगै आफ्नो जीवनको पनि प्रवाह नगरी कर्मलाई ठुलो मानेर हिडिरहेका बेला बिभिन्न समस्या आइपर्न सक्छन्, त्यो समयमा संस्था सदैव साथमै रहने अनुभूति गराउने हाम्रो प्रयास रहनेछ । त्यसैले यो नयाँ कार्यसमितिले छिट्टै नै लोक सञ्चारकर्मी कल्याणकारी कोष घोषणा गर्नेछ ।’ अध्यक्ष गौतमले भने । ‘कहिले सञ्चारमाध्यमबाटै समस्यामा परेका हुन्छौं, सञ्चारकर्मीले धेरैको कुरा बोलेको हुन्छ तर आफ्नो कुरा सुनिदिने कोहि हुँदैन त्यो समयमा लोक सञ्चारकर्मी नेपाल साथमा हुनेछ ।’

संस्थाका निवर्तमान अध्यक्ष हरि बल्लब नेपालले नयाँ कार्यसमिति आएसँगै आफूलाई जिम्मेवारीको हलुका महसुस भन्दा पनि अझ बढी जिम्मेवारी अनुभुति गरेको बताए । उनले आफ्नो कार्यकालमा देशमा बिभिन्न बिपत्ति आएसँगै संस्थाले सोचेबमोजिम काम गर्न नसकेको र अहिले निबर्तमान भएपनि संस्थालाई पुर्णरुपमा समय दिने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै संस्थाका संस्थापक अध्यक्ष गोविन्द गिरीले नयाँ कार्यसमितिलाई बधाईसँगै शुभकामना दिए । उनले अहिलेको समय डिजिटल दुनियामा धेरै अगाडी पुगिसकेको र समयसँगै पत्रकारिता गरिरहेका युवाहरु नयाँ कार्यसमितिमा आएको भन्दै खुसी ब्यक्त गरे । संस्थाको बि.स. २०६५ सालमा तत्कालिन गोरखा एफएमका लोक गीतको कार्यक्रम सञ्चालक गिरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति गठन भएको थियो ।