राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङको अस्ट्रेलियाली सांसद क्रिस्चिन कौजिन्ससंग भेटबार्ता

१५ जनवरी, जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलिया भ्रमणमा रहेका राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले अस्ट्रेलियाली सांसद क्रिस्चिन कौजिन्ससंग उन्कै कार्यालय जिलोङमा भेटबार्ता गरेका छन । भेटका क्रममा नेपाली परंपरानुरुप नेता एबं पूर्व मन्त्री तामाङले सांसद कौजिन्सलाई खादा लगाउँदै मायाको चिनोको रुपमा विस्व शान्तिका प्रतिक नेपालमा जन्मनु भएको वुद्धको मूर्ति उपहार दिएर भेटबार्तालाई अगाडि बढाए ।

नेता तामाङले अस्ट्रेलिया-नेपाल बन बिकास परियोजनाले नेपालका केही जिल्लाका नांगा प्राय: डाँडाहरुलाई हरियालीमा रुपान्तरण गरेर प्रभावकारी छाप छोडेका कारण नेपाली जनताले यो परियोजनाका कारण अस्ट्रेलियालाई सम्झिराख्ने भएकोले पर्यायवरण समस्याको अहिलेको समयमा यो परियोजनालाई पुन: सन्चालन गर्न पाए यस्ले दुई देशको सम्बन्धलाई मजबुतिकरण गर्ने बताए । अगाडि बताउने क्रममा नेता तामाङले ४० बर्ष मुनिका नेपालीहरुलाई अस्ट्रेलिया जस्तो विकसित देशले केही महिना अस्ट्रेलियामा काममा लगाएर नेपाल फर्काउने परिपाटीलाई संस्थागत गर्न सकिएमा यस्ले प्रबिधि हस्तान्तरण गरी नेपालको विकासमा योगदान दिन सक्ने बताए ।

नेता तामाङले सांसद कौजिन्सलाई नेपाल भ्रमणका लागि निम्ता दिएपछि सांसद कौजिन्सले निमन्त्रणाको लागि धन्यवाद दिंदै नेपालको संसद चलेको समयमा उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने आफू इच्छुक रहेको बताइन ।

सांसद कौजिन्ससंगको भेटघाट अघि नेता तमाङलाई एनआरएनए भिक्टोरियाले आफ्नो कार्यालय कोबर्गमा एनआरएनए भिक्टोरियाका संयोजक मणिरत्न सापकोटा र टिमद्धारा र भिक्टोरियाका लागि नेपाली कन्सुलट जनरलको कार्यालय मेलबर्नमा अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जनले स्वागत गरेका थिए ।

तिनवटै कार्यक्रममा राप्रपा सहायक महामन्त्री विजय खड्का, राप्रपा केन्द्रिय सदस्य श्रीमती सरस्वती लामा तामाङ, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, पानस आईसीसी प्रमुख प्रेमकुमार श्रेष्ठ, पानस अष्ट्रेलियाका संरक्षक अजय राजवंशी तथा महासचिव दुर्गा उप्रेती, पानस ओसियाना प्रमुख ऋषिकेश न्यौपानेको उपस्थिति थियो भने एनआरएनए भिक्टोरियाको कार्यक्रममा जन संपर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, सांसद कौजिन्ससंगको कार्यक्रममा भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेती लगायतका ब्यक्तिहरुको उपस्थिति थियो ।