प्रोलिफिक स्कुलको आयोजनामा अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । धुम्बाराई अवस्थित प्रोलिफिक स्कूलले यही भाद्र ३१ गते देखि आयोजना गरेको छात्र पुटसल प्रतियोगिता २०८० समापन कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न गरेको छ ।

कार्यक्रममा विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न भएको थियो ।चार दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा विभिन्न विद्यालयका ३६ टिम सहभागी भएका थिए ।

सो समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जनले विजेताहरुलाई मेडल तथा प्रमाण पत्र पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरुलाई विद्यालयका प्रिन्सिपल गोपाल बहादुर महतले स्वागत् मन्तव्य राखेका थिए।