नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा सदिच्क्षाको लागि आर्थिक संकलित रू ११ लाख ९ हजार ७ सय रकम नेपालमा बुवा कृष्णकुमार थोकर लाई हस्तान्तरण साथै श्रध्दान्जली कार्यक्रम सम्पन्न।  

 

उच्च शिक्षाका लागि यूके आएकी केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको अल्पायुमै असमायिक निधनको खबरले हामी सम्पूर्ण नेपालीहरू अत्यन्तै मर्माहत, दु:खी र स्तब्ध भएका छौं। निमोनिया भएपछि मिल्टन केन्स् यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै बुधबार १० मे मा उनको निधन भएको थियो। सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन्। स्व. सदिच्छा तामाङ नेपालको उत्कृष्ट अंग्रेजी भाषाको हस्तलिखित मा नाम कमाउन सफल जेहेन्दार विद्यार्थी नेपालले गुमाएको छ।

ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर पढ्न बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको थियो। वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्णकुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन्। परिवारले उनको अन्त्येष्टी नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइए अनुसार नेपाल स्कटल्याण्ड एसोसीएसनको पहलमा आर्थिक सङ्कलन कार्य सम्पन्न गरी उक्त संकलित आर्थिक सहयोग रकम युनियन नेपाल सर्भिसेस् को मार्फत बुवा कृष्णकुमार थोकर लाई हस्तान्तरण गरीएको छ।

यस दु:खद घडीमा आर्थिक सहयोग प्रदान गरिदिन हुन समस्त आदर्णिय दात्रीहातहरू तथा श्रध्दान्जली कार्यक्रममा श्रध्दान्जली अर्पण गर्न आउनुहुने ग्ल्यास्गोबाट ग्ल्यास्गो नेपाली एसोसिएसनका अध्यक्ष गोविन्द देवकोटा, रबिचन्र्द कोइराला, मृतकका मामा हर्क तामाङ, तथा सम्पूर्ण उपस्थित महानुभावहरू लाई नेपाल स्कटल्याण्ड एसोसिएसन परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ साथै यस कार्यको लागि गोफण्डमी अभियानमा सहयोग गरिदिन हुने एनएसएका सचिव मनीष खत्री, सुचना सम्प्रेषण गरिदिन हुने पुष्कर खतिवडा, शशी कार्की तथा उपस्थित एनएसए पदाधिकारीहरू मोती कार्की, रीता कार्की, टीकाराम खराल लाई संस्थाका अध्यक्ष डंगोल धन्यवाद व्यक्त गर्दछ।

यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तीको कामना एवं वैकुण्ठ वासको कामना गर्दै भावपूर्ण हार्दिक श्रध्दान्जली अर्पण गर्दछौं साथै सम्पूर्ण शोक सन्तप्त परिवारजन हरुमा भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।

सदिच्क्षा थोकर तामाङको संकलित आर्थिक सहयोगको बिबरण तल दिइएको लिङ्कमा हेर्न सक्नुहुनेछ।

https://m.facebook.com/groups/1605718549510377/permalink/6201536809928505/

धन्यवाद।