सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गल्ती सच्याउन पुन: काम अगाडि बढाइने

२७ मइ, प्रेटोरिया, साउथ अफ्रिका: साउथ अफ्रिकाका लागि नेपाली राजदूत महामहिम दान बहादुर तामाङले लुम्बिनी-कपिलवस्तु विस्व अभियानले सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरणका खातिर सच्याउन ती देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको छ: पेज अनुसन्धानात्मक प्रतिबेदनको प्रसंशा गर्दै आफूलाई हस्तान्तरण गरिएको प्रतिबेदन उपर्युक्त महत्वपूर्ण उद्धेस्य प्राप्तीका खातिर सम्बन्धित देशका राजदूतहरु मार्फत अगाडि बढाइने बताउनु भएको छ ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले साउथ अफ्रिकाका लागि नेपाली दूताबासको कार्यालयमा आयोजित कार्यक्रममा अभियानले गरेका कामहरु र उपलब्धीहरुका फेहरिस्त पेश गर्दै २०१५ मा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पुष्प कमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको, तर ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरण जस्ता महत्वपूर्ण उद्धेस्य प्राप्तीका लागि फलोअप गरिनुपर्ने बताउँदै अमेरिकी रास्ट्रपति जो वाइडेन, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमियो किशिडा, श्री लंकाका रास्ट्रपति रानिल विक्रेमेसिंघे, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी तयार पारिएको प्रतिबेदन राजदूत तामाङलाई हस्तान्तरण गरेका थिए ।