सुर्य खड्का र गङ्गा लोहनीको आवाजमा बाहिरियो नया दोहोरी गीत

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय प्रबासी गायक सुर्य खड्का र अर्की प्रवासी लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर आवाजमा नया लोकदोहोरी गीत ‘लुम्ले काँडे’ बजारमा आएको छ।संगीत् क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका यी दुई कलाकारले मौलिक सृजना गाउँदै आएका छन।यस अगाडी पनि गाएका धेरै गीतहरु हिट छन सुर्य र गङ्गाको।यी दुई एकै एल्बम बाट भने पहिलोपटक सांगीतिक बजारमा आएका हुन्।

गीतमा चर्चित सर्जक रमेश परियारको लय र शब्द रहेको छ।सुर्य खड्का नेपाल आएकै मौकामा यो गीत बजारमा ल्याइएको छ।कोरिया बस्दै आएकी गायिका गङ्गाले यस अगाडी खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाएकी थिईन।गीतमा प्रेम कहानीलाइ बिशेष जोड दिईएको छ।एक प्रेमी र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्।

चर्चित मोडल लोमस शर्मा,राजु आर डी,नारायणी खत्री र संचिता बोलाखेको दमदार अभिनय रहेको भिडियो अहिले गङ्गा लोहनीकै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।भिडियो उत्कृष्ट बनेको कलाकार टिमले जानकारी दिएका छन।भिडियो पुरा हेरेर प्रतिक्रिया दिनुहोला :