बिवाह गरेको एक हप्ता नहुँदै सुरक्षा पन्त भन्छिन- डिर्भास सामान्य कुरा हो, विग ईस्यु बनाउनुहुदैन

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिएकी छिन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’को छायांकनमा व्यस्त भएकी छन् ।

रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी सुरक्षा म्यारिड लुक्समा आकर्षक देखिएकी थिइन् । उनी पोएट आइडलकी जज समेत हुन् । त्यसक्रममा केही मिडियासँग कुरा गर्दै उनले सम्बन्धलाई बलियो कसरी बनाउन सकिन्छ भन्नेबारेमा टिप्स दिइन् ।

बेस्ट पार्टनरसिप बनाउन एकअर्काप्रति सम्मान र साथ दिनसक्नुपर्ने उनको सुझाव छ । ‘हरेक ठाउँमा लभले काम नगर्न सक्छ । तर सम्मान चाहिं हुनुपर्‍यो । कहिलेकाहीं कामकाजमा हात बढाउने कुराहरु, सहयोग भयो भने बेस्ट पार्टनरसिप हुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।

सम्बन्धलाई बलियो बनाउने कुरामा आफ्ना अनुमान पनि फेल खाएको बताउँदै उनले भनिन्, ‘म पनि यी कुरामा फेल खाइरहेकी छु । यो गरम त्यो गरम भन्ने छैन । राम्रो गरौं भन्दा भन्दै पनि कति कुराहरु मिलिराखेको हुँदैन सम्बन्धमा । धैर्यता र एकअर्कालाई सुन्न सक्नुपर्‍यो । दुवै जनाको सुन्न सक्ने क्षमता राम्रो हुनुपर्‍यो । जज गर्नुभएन ।

स्वतन्त्र रुपमा प्यासन फलो गर्न दिनुपर्छ ।’ दम्पतीले एकअर्काको रुचि र चाहनालाई साथ दिनुपर्ने र यसले सम्बन्ध बलियो बन्ने उनको तर्क छ । ‘पुरुष होस् या नारी, एकअर्काको प्यासनलाई लिएर इम्पावर्ड गर्दियो भने सम्बन्ध बलियो हुन्छ । आशा छ अहिलेसम्म यसले काम गरिराख्या छ,’ उनले भनिन् ।

पछिल्लो समय केही कलाकारको वैवाहिक जीवनमा दरार आएको प्रसंगमा उनले डिभोर्स आपसी सहमतिमा हुने र यसलाई बिग इस्यु बनाउन नहुने धारणा राखिन् । चार वर्षको उमेरसम्म आफूलाई हजुरबुवा र हजुरआमाले हुर्काएकाले उहाँहरुकै सामुन्ने आफूले चितवनमा विवाह गरेको सुरक्षाले बताइन् ।

कसरि फ्लिम क्षेत्रमा आईन सुरक्षा ?

सुरक्षाका अनुसार नेपाली फिल्ममा कलाको कमी लाग्थ्यो । दर्शकहरूले पनि यस विषयमा धेरै चासो देखाएको उनीले देखिनन् । यही कुरा परिवर्तन गर्ने सोच लिएर उनी फिल्म क्षेत्रमा भित्रिएकी थिइन्। इञ्जिनियरिङ विद्यार्थी भए पनि सुरक्षालाई फिल्ममा अभिनय गर्ने रहर पहिल्यैदेखि थियो।

सुरूमा स्नातक गर्दा उनी टिभी ‘होस्ट’ बनेर अनुभव बटुल्न चाहन्थिन्। त्यसलगत्तै पढाइ पूरा भएपछि फिल्म खेल्ने सोच थियो। ‘नेपाली फिल्ममा धेरै खाली ठाउँ थियो जसमा कोही पनि काम गर्न तयार थिएनन्। यस्ता कयौं पात्र थिए जुन कलाकारले बेवास्ता गरेका थिए। मलाई त्यही अधुरो काम पूरा गर्नु थियो,’ उनले भनिन्।

संयोगवश, स्नातक तेस्रो वर्ष पढ्दै गर्दा आलोक नेम्वाङको फिल्म खेल्ने प्रस्ताव आयो। पढाइ सकाएर मात्र अभिनयमा लाग्ने सोच गर्दागर्दै आएको प्रस्तावले दुबिधामा परिन्। फिल्ममा लाग्दा पढाइ बिग्रिने डर उत्तिकै। अन्तिममा उनले पढाइ सकेरै आउने वाचासहित एक वर्षको समय पाइन्।

२०७२ सालमा सुरक्षाको स्नातक पूरा भयो। सक्ने बित्तिकै उनलाई फेरि फिल्म खेल्ने प्रस्ताव आयो। आलोक नेम्वाङको फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्र भित्रिएको दिनदेखि उनले फर्केर हेर्नु परेको छैन।

यता फिल्मबाट राम्रो प्रतिक्रिया पाइरहेका बेला उता बुटवलमा उनको परिवार भने खुसी थिएनन्। इञ्जिनियरिङ पढिरहेकी छोरी अभिनय गरेको कसैलाई चित्त बुझेको थिएन। यही कारण सुरूका दिनमा उनले आफ्नो परिवारबाट त्यति समर्थन पाइनन्। अहिले भने राम्रो समर्थन पाइरहेकी छन्।