नेपाली राजनीतिमा नयाँ मोड, पूर्वमाओवादीहरु एकै ठाउँमा अब के होला ?

काठमाडौं, १९ फागुन । लामो समयपछि पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा देखिने भएका छन् । सहिद सप्ताह कार्यक्रमअन्तर्गत् सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पूर्वमाओवादी कमाण्डरहरु एउटै मञ्चमा देखिने भएका हुन् ।

यही फागुन २१ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लाइब्रेरी हलमा ‘जनयुद्ध नेतृत्वको दायित्व र सहिद तथा वेपत्ता योद्धाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, कर्णजीत, कञ्चन लगायतका नेताहरु सहभागी हुनेछन् ।

कार्यक्रमले पूर्वमाओवादी एकता अहिलेको आवस्यकता रहेको सन्देश दिने आयोजक टिमले बताएको छ । प्रचण्ड, वैद्य, भट्टराई, विप्लव लगायतका नेताहरु १० वर्षे माओवादी जनयुद्धका कमाण्डर हुन् ।